राजनीति
काठमाडौं । सरकारले महान्यायाधिवक्तामा नेपाल बारका पूर्व सदस्य वसन्तराम भण्डारीको नाम सिफारिस गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएपछि उनले कार्यभार सम्हाल्ने बताइएको छ । हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई महान्यायाधिवक्तामा सिफारिस गरेको स्रोतले बताएको छ । बारका महासचिव खम्वबहादुर खाती, प्रेमबहादुर खड्का र वसन्तराम भण्डारीको महान्यायाधिवक्ताका लागि नाम चर्चामा थियो ।
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४ १६:४५
प्रतिक्रिया दिनुहोस्