विदेश
मस्को । रुसले शुक्रबार युक्रेनमा पहिलोपटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भन्डारणस्थल नष्ट गर्न प्रयोग गरेको रक्षा मन्त्रालयले जनाएको छ ।
“हाइपरसोनिक एरोबलिस्टिक मिसाइलसहितको किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले इभानो–फ्रान्किभस्क क्षेत्रको डेलियाटिन गाउँमा मिसाइल र उड्डयन गोदाम भएको ठूलो भूमिगत गोदामलाई ध्वस्त पारेको छ,” रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
राज्य समाचार एजेन्सी आरआईए नोवोस्तीले जनाएअनुसार किन्जल हाइपरसोनिक हतियारको पहिलो प्रयोग हो, जसलाई मस्कोले पश्चिमी युक्रेन समर्थकमा 'विशेष सैन्य अपरेसन' भनेको छ । रासस/एएफपी
प्रकाशित मिति: शनिबार, चैत ५, २०७८ १५:१९
प्रतिक्रिया दिनुहोस्