site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हुन्डाई ओपन गल्फ चैत पहिलो साता हुने
SkywellSkywell

काठमाडौं । हुन्डाई ओपन गल्फ प्रतियोगिताको दसौँ संस्करण चैत ५ गते हुने भएको छ । 

गोकर्ण गल्फ क्लबमा दुई दिनसम्म हुने प्रतियोगिता १८ होलमा खेलाइनेछ । नेपालका लागि हुन्डाई गाडीको एकमात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको आयोजनामा हुने प्रतियोगिता स्टेबल फोल्ड फर्म्याट र ३ वाई ४ ह्यान्डी क्यापमा खेलाइने गोकर्ण गल्फ क्लबका निर्देशक दीपक आचार्यले बताए । 

Dabur Nepal
NIC Asia

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका मार्केर्टिङ म्यानेजर सन्दीप शर्माले आफूहरू लामो समयदेखि खेलकुदमा आबद्ध भएको बताए । उनले मनाङ मर्स्याङ्दी क्लबलाई पनि प्रायोजन गरेको बताए । 

यस प्रतियोगितामा नेपालका १३० गल्फरहरूले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विजेता र उपविजेताका साथै बेस्ट ग्रस, महिलातर्फको विजेता, सिनियरतर्फ (६० वर्ष उमेर माथि)को विजेता, जुनियरतर्फ (१७ वर्ष मुनी) को विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टू दी पिन, मोस्ट बर्डिज र हुण्डाई वनर्स स्पर्धामा विजेता घोषित हुनेछ । 

साथै होल इन वान विजेताहरूलाई उपहार स्वरूप एक थान हुन्डाई भेन्यू गाडी प्रदान गर्ने आयोजकले जनाएको छ । होल इन वान दस नम्बर होलमा हुनेछ । त्यस्तै हुन्डाई वनर्स स्पर्धाको विजेतालाई पनि विशेष पुरस्कार दिइने जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu