site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इटालीको एक चर्चबाट विवादास्पद धार्मिक पेन्टिङ हटाइयो 
Sarbottam CementSarbottam Cement

रोम । इटालीको एउटा चर्चले स्थानीय धर्माधिकारी र व्यापारीको तस्बिर चित्रित एउटा धार्मिक कलात्मक पेन्टिङ हटाएको छ । सो पेन्टिङ बनाउन लगाउने ती दुई व्यक्तिले पवित्र तस्बिरमाझ आफ्ना तस्बिर पनि बनाउन लगाएका बताइएको छ ।

सो पेन्टिङ दक्षिणी इटालीको पुग्लियाको क्यानोसास्थित एउटा चर्चलाई उपहारस्वरूप प्राप्त भएको थियो । थप निरीक्षणपछि पेन्टिङ विवादास्पद बनेको हो । सेन्ट साविनसले सेन्ट बेनेडिक्टसँग भेटघाट गरिरहेको प्रसंग उतारिएको यो पेन्टिङ बनाउन १७ हजार पाउन्ड प्रदान गर्ने दातृ संस्थाका अध्यक्ष र सोही चर्च सञ्चालन गर्दै आएका फादरका तस्बिर पनि प्रस्तुत गरिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसरी कलाकारले त्यसमा समुदायका दुई प्रतिनिधि पात्रलाई उतारेपछि थुप्रै व्यक्तिले अनलाइनमार्फत क्यानभासमा अन्य लोकप्रिय व्यक्तिहरूका तस्बिर थपेर सेयर गरेका थिए । 

तर यो पेन्टिङ तयार गर्ने कलाकार गिउसेप्पे एन्टोनीयो लोमुसियोले स्थानीय संचार माध्यमलाई भनेका छन्, "सिर्जना अभिव्यक्ति छनौटमा मसंग पूर्ण स्वायत्तता छ । स्वतन्त्र कलात्मक तरिकाले सेन्टहरू प्रतिको भक्तिको कथा बताउने क्रममा यो पेन्टिग तयार भएको हो । हुन त ती दुवैले आफ्ना तस्बिर नउतार्न अनुरोध गरेका थिए ।"

Global Ime bank

उनले चिन्न गाह्रो होस् भन्ने उद्देश्यले क्यानोसाको पुरातात्विक प्रतिष्ठानका अध्यक्ष सर्जियो फोन्टानाको मुहारमा कोभिड फेसमास्क लगाइदिनुका साथै फादर फेलिस बाक्कोलाई क्रस पछाडि लुकाएका थिए । लामुसियाले अब आफू पेन्टिङ सच्याउन तयार रहेको बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  २०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement