site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हाउजिङमा किमको लगाव, सुरु गरे १० हजार अपार्टमेन्टको यस्तो नयाँ प्रोजेक्ट
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

सीएनएन । उत्तर कोरियाले दश हजार अपार्टमोन्टको परियोजनामा काम थालेको छ । यसले राजधानी प्योङयोङमा हाउजिङलाई दिइराखिएको बढ्दो प्राथयमिकता माथि प्रकाश पार्दछ । 

व्यापारिक नाकाबन्दी र कोभिड महामारीले आक्रान्त उत्तर कोरियाको अर्थतन्त्रमा सुधार ल्याउन किमले यस्ता विभिन्न ठूला परियोजनामा हात अघि बढाइरहेका छन् । शनिबार यस प्रोजेक्टको उद्घाटन समारोहमा किम जोङ उन पनि प्रत्यक्ष उपस्थिति जनाएका थिए जसले पनि यो ठूलै स्तरको परियोजना भएको स्पष्ट पार्दछ । 

यसका डिजाइनबारे विस्तृतमा एकदम कम खुलासा भएपनि सार्वजानिक गरिएका तस्बिरमा अग्ला अग्ला भवन, व्यवस्थित हरित् सडक देख्न सकिन्छ । यसमा सबैभन्दा अग्लो भवन ४० तले रहेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

‘राजधानी शहरको सुनौलो वर्षलाई अझ उज्ज्वल बनाऔँ’ भन्ने शिर्षकको भाषणमा किमले यस प्रोजेक्टमा काम गर्ने सबै कामदार र समारोहमा उपस्थित आर्मीहरुलाई धन्यवाद व्यक्त गरेका छन् । 

राष्ट्रद्वारा सञ्चालित पत्रिका दैनिकमा यो परियोजनाले समृद्ध शक्तिको नयाँ दुनियाँ सिर्जना गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ जहाँ जनताले सबैभन्दा उच्चतम गरिमा र खुसीको अनुभव लिन पाउने भनिएको छ । 

Royal Enfield Island Ad

कठिन चुनौपूर्ण समस्याहरुका बीच पनि सरकारले जनताको जीवनस्तरमा सुधार ल्याउन लगातार काम गरिरहेको अघिल्लो महिना मात्र किम सरकारले स्वीकार गरेको थियो । उत्तर कोरियाले एकदम दुर्लभै यस किसिमले आफ्ना संघर्षहरु सार्वजानिक गर्ने गरेको छ । 

उत्तर कोरियामा धेरै लामो समयदेखि नै हाउजिङ संकट जारी थियो । अध्ययनका अनुसार त्यहाँका ७० देखि ८० प्रतिशत जनताका लागि मात्र पर्याप्त घर छ । यस किसिमका निर्माणधीन परियोजनाहरुलाई किमले देशका उपलब्धीबारे प्रचार गर्न प्रोपागान्डाका रुपमा पनि प्रयोग गर्ने गरेका छन् । 

गत महिना उत्तर कोरियामा प्रशारण गरिएको ‘द ग्रेट इयर अफ भिक्टरी २०२१’ शिर्षकको एउटा डक्युमेन्टरीमा पनि किम यो परियोजनाको साइट भ्रमणमा गएको देखाइएको छ । 

राजधानी प्योङयोङमा बस्नेहरुको जीवनस्तर देशका अन्य भूभाग भन्दा धेरै राम्रो छ । यस्तोमा पछिल्ला केही वर्षहरुमा प्योङयोङमा यस्ता धेरै ठुला स्तरका प्रोजेक्ट घोषणा भएका छन् । 

उँचा भवन सम्बन्धी डाटाका अनुसार हाल उत्तर कोरियाली राजधानीमा १५० मिटर भन्दा माथिका १५ भवन निर्माण सम्पन्न छन् ।

ती मध्ये चारवटा टावर प्योङयोङको लक्जरी क्षेत्र र्योङम्योङमा पर्दछन् । र राष्ट्रिय संचारको रिपोर्ट अनुसार पूर्वी प्योङयोङ क्षेत्रमा भर्खर नयाँ बनेका दश हजार भवनहरु पनि सम्पन्न हुन लागेका छन् । 

राष्ट्रिय संचार केसीएनएले यस्ता निर्माण परियोजनाहरुले प्योङयोङ तिव्र गतिमा विकसित भइरहेको दाबी गर्ने गरेको छ । जस्तै यसमा र्योङयोङ न्यु टाउनको एक ७० तले भवन केबल ७४ दिनमै निर्मित भएको भनेर व्यापक चर्चा गरिएको थियो । तर विज्ञहरुले चाहिँ निर्माण सामग्रीको गुणस्तरबारे चिन्ता जनाइरहेका छन् । किनकी त्यस किसिमको गतिमा निर्माण कार्य सम्पन्न गर्न एकदमै जानकार टेकनिकलको आवश्यकता पर्ने बताइएको छ । 

यसअघि २०१४ मा दर्जनौँ परिवार बसोबास गर्न बनाइएको प्योङयोङको प्योङछोन जिल्लाको अपार्टमेन्ट भवन भत्किएको थियो । यो घटनामा भएको जनधनको क्षतिबारे कुनै आधिकारिक जानकारी दिइएको छैन । केसीएनएले पछि गैरजिम्मेवारीपूर्ण निगरानीका कारण यस्तो भएको भनेर जनाएको थियो । 

त्यस्तै राजधानीमै जारी अन्य परियोजना जस्तै र्युग्योङ होटल अझैपनि निर्माणकै प्रक्रियामा छ । यसले निर्धारित १,०८३ फिटको उचाइ भने १९९२ मै प्राप्त गरेको थियो तरपनि दशकौँसम्म यसको काममा ढिलाइ गरिएको छ । सो होटलमा ३ हजार बढी कोठा छन् र सम्पन्न नहुने विश्वकै सबैभन्दा अग्लो भवनमा पर्दछ । 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  ०९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro