पूर्व र उत्तरमा रसियन भ्रष्ट अधिनायकतन्त्र, बेलाबखत जनआन्दाेलनकाे सामना गर्नु परिरहे पनि युक्रेनियनहरूले हालका दशकमा बिल्कुलै फरक राजनीतिक मार्ग राेजेका छन् । पटकपटकका निर्वाचन र जनआन्दाेलनका माध्यमबाट युक्रेन विधिकाे शासन, वैयक्तिक स्वतन्त्रताकाे संरक्षण, संगठन र अभिव्यक्ति स्वतन्त्रता, स्वच्छ र स्वतन्त्र निर्वाचन तथा आन्तरिक द्वन्द्वकाे शान्तिपूर्ण समाधानकाे बाटामा अगाडि बढेकाे छ ।
अहिले अन्तर्राष्ट्रिय संस्थाहरूले युक्रेनलाई अपूर्ण तर सुधाराेन्मुख लाेकतन्त्रकारूपमा वर्गीकरण गरेका छन् । एकातिर रसियन राष्ट्रपति भ्लादिमिर पुटिनकाे प्रतिदिन कठोर हुँदैगएकाे अधिनायकवादी शासन र अर्कातिर बेलाबखत अस्तव्यस्त हुने युक्रेनकाे खुला समाज अर्थात् रुस र युक्रेनकाे अलग मार्ग नै क्रेमलिनकाे हालैकाे आक्रमणकाे कारण हुनसक्छ ।
अधिनायकवाद र लाेकतन्त्रका बीचकाे एउटा मुख्य अन्तर के हाे भने लाेकतन्त्रमा स्वतन्त्र अभिव्यक्ति तथा संगठनकाे अधिकारकाे रक्षा गरिने हुनाले विराेध प्रदर्शनहरू पनि हुन्छन् । लाेकतान्त्रिक मुलुकका नागरिकहरूलाई थाहै छ शान्ति कायम राख्न विराेध प्रदर्शनमा केही नियमन आवश्यक हुन्छ र कहिले कहीँ यस्ताे नियमन यस्ता अधिकारकाे अभ्यास गर्नै राेक्ने हदसम्म पुग्छन् ।
परन्तु, पुटिनजस्ता अधिनायकवादीहरू विराेध प्रदर्शन कम्तीमा सरकारकाे आलाेचना त सहनै सक्तैनन् । क्रेमलिनले अहिले युक्रेनसँगकाे युद्धविरुद्ध प्रदर्शन गर्ने रसियन प्रदर्शनकारीलाई ‘दङ्गा’ मच्चाएकाे अभियाेग लगाएर ‘कडा सजाय’ दिने धम्की दिइरहेकाे छ । पुटिनकाे नियन्त्रणमा रहेका रुसी संसद् अहिले युक्रेनमा गरिएकाे ‘विशेष सैनिक कारबाही’का सम्बन्ध ‘अफवाह’ फैलाउनेहरूलाई १५ वर्ष कैद सजाय हुने कानुन बनाउने तरखरमा छ ।
अधिनायकहरू प्रदर्शनकारीलाई भाैतिक हानि पुर््याउनसमेत तम्सन सक्छन् । यथार्थमा सन् २०१४ मा भएकाे विराेध प्रदर्शनमा किभमा भएकाे हिंसात्मक दमन रसियन समर्थक तत्कालीन राष्ट्रपति भिक्टर यानुकाेविच सत्ताच्युत हुने कारक घटना थियाे । युक्रेनका पश्चिम समर्थक मतदातालाई रिझाउने प्रयासमा यानुकाेविचले सन् २०१३मा युराेपियन युनियनसँग सदस्यता सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने घाेषणासमेत गरेका थिए । तर, पुटिनकाे दबाबमा २०१३ काे नाेभेम्बर महिनाकाे अन्त्यमा उनी एकाएक युराेपेली युनियनसँगकाे सम्झौताबाट पछि हटे र पुटिनकाे नेतृत्वमा रसियन अगुवाइमा प्रस्तावित युरेसियन इकाेनाेमिक युनियनमा सामेल हुने संकेत गरे ।
यानुकाेविचकाे यस हर्कतबाट स्तब्ध प्रदर्शनकारीहरू किभकाे मैदान स्वायरमा जम्मा भए । नाेभेम्बर ३० काे बिहान प्रदर्शनकारीकाे सानाे समूह क्रिसमसकाे सजावटमा लागेका नगरपालिकाका कर्मचारीसँग अलमलिइरहेका थिए । त्यति नै बेला युक्रेनियन विशेष प्रहरी बल बेर्कुतबाट आएकाे फौजले प्रदर्शनकारी र नगरपालिकाका कर्मचारीमाथि एक्कासी लाठी र लात्तीले आक्रमण गर््याे । शान्तिपूर्ण प्रदर्शनकारीमाथि याकुनाेविचकाे आदेशमा भएकाे हिंसा तिनताकाकाे युक्रेनका लागि असामान्य थियाे ।
रक्ताम्य भएका युवालाई प्रहरीकाे गाडीमा घचेट्दै गरिएका तस्बिरहरूले जनमानस क्रुद्ध भयाे र डिसेम्बर १ सम्ममा किभकाे केन्द्रीय क्षेत्रमा करिब ५ लाखभन्दा बढी प्रदर्शनकारी जम्मा भएकाे अनुमान गरिएकाे थियाे । यही प्रदर्शन २०१४ काे फरबरीमा भएकाे युराेमैदानकाे विराेध प्रदर्शनकाे बिउ बन्याे । त्यही प्रदर्शनपछि यानुकाेविच आत्मनिर्वासनका लागि रुसतर्फ पलायन भएका थिए । पुटिनले हालै यही घटनाकाे हबाला दिएर अर्वेलियन शैलीमा यानुकाेविचलाई विद्राेहद्वारा अपदस्थ गरिएकाे भन्दै हालकाे अतिक्रमणकाे औचित्य सिद्ध गर्न खाेजेका थिए ।
युक्रेनमाथिकाे पुटिनकाे भाैतिक आक्रमण विश्वभर लाेकतन्त्रमाथि भइरहेकाे राजनीतिक प्रहारकाे चरम सीमा हुनपुगेकाे छ । मुलुककाे संविधान मिच्ने र नागरिककाे माैलिक हक खाेसेर लाेकतन्त्रमाथि प्रहार गर्ने कतिपय आततायीहरू याकुनाेविचजस्तै निर्वाचित नेताहरू थिए । अधिनायकवादी आकाक्षा बाेकेकाहरूले यही बाटाे ब्राजिल, भेनेजुयला, निकारागुवा, हङ्गेरी, पाेल्यान्ड, सर्बिया, टर्की, फिलिपिन्स र संयुक्त राज्य अमेरिकामा अपनाएका थिए ।
लाेकतन्त्र विराेधी प्रतिगमनकारीहरू समर्थन र सहयाेगका लागि एकअर्कासँग मिल्दै अप्रत्यक्ष गठबन्धन बनाएका थिए । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यस गठबन्धनका एउटा मुख्य धुरी थिए । समान साेच राख्नेहरूकाे हाैसला बढाउन ट्रम्पले तिनलाई ह्वाइट हाउसमा भव्य स्वागत गर्ने गर्थे । ट्रम्पले २०१९ मा हंगेरीका तानाशाह प्रधानमन्त्री भिक्टर ओर्बानकाे स्वागत गरेर आफ्नाे चाहना प्रकट गरेका थिए । यस्तै उनले युक्रेनियन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पनि आफ्ना उतिबेलाका सम्भावित प्रतिस्पर्धी जाे बाइडेनमाथि कानुनी कारबाही सुरु गरेमा वासिङटनमा स्वागत गर्ने प्रलोभन देखाएका थिए ।
युक्रेनमाथि रुसकाे आक्रमणले भने पुटिनलाई सर्वाधिक सशक्त नेता ठान्ने अधिनायकवादका आकांक्षी तानाशाहहरूकाे याे अपवित्र गठबन्धनलाई भताभुङ्ग बनाइदिएकाे छ । ओर्बानले आक्रमणकाे निन्दा गरेका छन् भने पाेल्यान्डले युक्रेनियन शरणार्थीहरूकाे हुललाई शरण दिइरहेकाे छ । हङ्गेरी र पाेल्यान्डले नेटोकाे सदस्यतालाई महत्त्व दिनुकाे नयाँ कारण भेटे ।
यसकारण आशा गराैँ, पुटिनकाे आक्रमणले स्वतन्त्र समाजहरूबीचकाे साझा उद्देश्यकाे भावना पुनःस्थापित गर्नेछ र भावि अधिनायकहरूलाई लाेकतान्त्रिक क्लबमा प्रवेश गर्न शान्ति, सुरक्षा र राष्ट्रहरूकाे निरन्तरताकाे मूल्य तिर्न राजी बनाउनेछ । तिनका नागरिकहरूकाे अधिकार तथा स्वतन्त्रताकाे सम्मान बढी हुनेछ ।
(सिकागो विश्वविद्यालयमा राजनीति शास्त्रका प्राध्यापक तथा सिकागो सेन्टर अन डेमाेक्र्यासीका निर्देशक )
Copyright: Project Syndicate, 2022.
Attachments area