राजनीति
जनकपुरधाम । नेपाली कांग्रेसको जिल्ला अधिवेशनअन्तर्गत महोत्तरीको सभापतिमा संस्थापन पक्षका नागेश्वर यादव सर्वसम्मत निर्वाचित भएका छन् । पहिलो चरणमा सभापतिमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणमा सर्वसहमतिले यादवलाई चयन गरिएको हो ।
पहिलो चरणको निर्वाचनमा मत परिणामबाट बजरंग नेपाली बाहिरिएपछि नागेश्वर यादव र सुशील यादव प्रतिस्पर्धामा थिए । सुशील समूहले नागेश्वर यादवलाई समर्थन गरेपछि सर्वसहमतिले नागेश्वर चयन भएको निर्वाचन समितिले घोषणा गरेको हो ।
तीन उमेदवारमध्ये पहिलो चरणको मत परिणाममा नागेश्वर यादवले एक हजार ११, सुशील यादवले ७७९ र बजरंग नेपालीले ३०६ मत ल्याएका थिए ।
प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८ १६:३०
प्रतिक्रिया दिनुहोस्