site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनसँग अन्तिमसम्म लड्ने भन्दै रुसले दियो विश्वलाई चेतावनी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । रुसले केही मुलुक रुसविरुद्ध लाग्ने तयारी गरेको आरोप लगाउँदै युक्रेनसँगको लडाइँलाई अन्तिमसम्म पुर्‍याउन चेतावनी दिएको छ । बधबार रुसी राष्ट्रिय टेलिभिजनसँगको अनर्वार्ताका  क्रममा रुसका विदेशमन्त्री सेर्गी लेभरोभले रुसविरुद्ध लागे युक्रेनसँगको युद्धलाई अन्तिमसम्म पुर्‍याउने चेतावनी दिएका हुन् ।

लेभरोभले अहिलेसम्म आणविक युद्धबारे रुसको कुनै विचार नरहेको पनि बताए । 

युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले नाजी शासन व्याप्त समाजको प्रचार गरिरहेको पनि उनले आरोप लगाएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

साथै,रुस र युक्रेनका अधिकारीबीच फेरि वार्ता सुरु हुने उनले बताए । तर, उनले पश्चिमसँग छलफल गर्दा दुवैतर्फबाट सम्मानजनक व्यवहार कायम गर्नुपर्ने उनको भनाइ छ । 

रुससँग धेरै राम्रा पक्ष भएको बताउँदै उनले कसैलाई पनि आफ्नो राष्ट्रिय हितको मुद्दालाई कमजोर ठान्न नदिने बताए । साथै, उनले रुसका लागि खतरनाक हुनसक्ने कुनै पनि युक्रेनी संरचना बाँकी रहन नदिने बताए । 

Royal Enfield Island Ad

रुसले घना बस्ती भएका ठाउँमा आक्रमण गरिरहेको यक्रुेनको आरोपलाई खण्डन गर्दै लेभरोभले रुसी सेनालाई सैन्य संरचना नष्ट गर्न कडा आदेश दिइएको दाबी गरेका छन् । 

विनाप्रमाण अमेरिकाले युक्रेनमा अवस्थित रासायनिक र जैविक ल्याबमाथिको नियन्त्रण गुमाएकोमा चिन्ता जनाएको पनि उनले बताए । 

बेलायतमाथि युक्रेनमा सैन्य बेस स्थापित गरेको उनको आरोप छ । 

रोयटर्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro