site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

अन्ततः प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पनि अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्बन्धी सम्झौता संसद्ले अनुमोदन गरेकोमा खुसी नै प्रकट गरेकोछ । संसद्का कारबाहीमा सहभागी नभए पनि एमसीसीका हकमा एमालेले परिपक्वता नै देखायो । 

एमसीसी पारित हुने परिस्थिति बनाउन एमाले अध्यक्ष खड्गप्रसाद ओलीको भूमिका सहयोगी बनेको यथार्थ बिर्सन पनि मिल्दैन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेताहरूसँग ओलीले विभिन्न चरणमा वार्ता गरेर समर्थनको सङ्केत नदिएका भए गठबन्धनका सहयोगीहरू यति लचिलो हुने सम्भावना देखिएको थिएन ।

आगामी २०७९ सालको वैशाख ३० गते मतदान हुने गरी स्थानीय तहको निर्वाचनको मिति तय भइसकेको छ । यसैगरी २०७९ सालकै हिउँदमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन पनि हुनेछ । यस्ता अभ्यासले देशमा लोकतन्त्रलाई सुदृढ र संस्थागत हुनेमा सन्देह छैन ।

KFC Island Ad
NIC Asia

परन्तु, लोकतन्त्र आवधिक निर्वाचनमात्रले पूर्ण हुन सक्तैन । राज्यका सबै अङ्ग व्यवस्थित र विधिसम्मतरूपमा सञ्चालन हुनसकेमात्र लोकतान्त्रिक शासन प्रणाली गतिशील हुन्छ । अनिमात्र लोकतन्त्रको प्रतिफल जनजीवनमा प्रतिविम्बित हुनसक्छ । 

अहिले जसरी चल्नु पर्ने हो संसद् त्यसरी सञ्चालन हुनसकेको छैन । प्रमुख विपक्षी एमालेले संसद् अवरूद्ध गर्दै आएको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा छन् । उनीविरुद्ध दर्ता गराइएको महाभियोगको प्रस्तावमा संसद्ले कारबाही अगाडि बढाएको छैन ।

Royal Enfield Island Ad

यस्तै, विदेशस्थित नेपालका अधिकांश नियोगहरू राजदूतविहीन छन् । पछिल्ला केही दिन शान्ति सुरक्षा पनि खलबलिएको अवस्थामा छ । बजेट कार्यान्वयनको अवस्था पनि सन्तोषजनक छैन । विशेषगरी ठेकेदारहरूको गैरजिम्मेवार प्रवृत्तिका कारण ठूला विकास आयोजनाहरू अलपत्र परेका छन् ।

यसैले सरकारले अब संसद् र न्यायालयको गाँठो फुकाउनेदेखि शासन संयन्त्रलाई गतिशील बनाउनेसम्मका काममा ध्यान केन्द्रित गर्नु अत्यन्त जरुरी देखिन्छ । यसका लागि प्रमुख विपक्षका मागहरूका सम्बन्धमा वार्ता गरेर सहमतिमा पुग्नु सबैभन्दा सहज र उत्तम अभ्यास हुनेछ । 

प्रमुख विपक्षका माग पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेर पनि सम्भव देखिँदैन । तर, उनले असल नियतले विपक्षसँग विमर्श गरे भने देशलाई सही बाटामा अगाडि बढाउन एमालेले पनि बाधा दिनेछैन भन्ने अनुमान गर्न सकिन्छ ।

कम्तीमा प्रधान न्यायाधीशमाथि लगाइएको महाभियोगको प्रस्ताव संसदीय विधि, प्रक्रिया र अभ्यासअनुरूप टुंग्याउन र निर्वाचनहरू स्वतन्त्र र स्वच्छ बनाउन एमालेले पक्कै सहयोग गर्नेछ । यसमा सहयोग गर्दा उसैको साख जो बढ्नेछ । महाभियोग प्रस्तावलाई अरू कुनै अभीष्ट सिद्ध गर्ने हतियार बनाउनु संविधान र संसदीय प्रणालीको मर्मविपरीत हुनेछ । 

यसैले प्रधानमन्त्री देउवा र नेपाली का‌ंग्रेसका सामु अब कौशल, इमानदारी र बुद्धिमत्ता प्रदर्शन गरेर संविधानको अक्षर र भावना एवं संसदीय लोकतन्त्रको मूल्यको रक्षा गर्ने चुनौती उपस्थित भएको छ । यसमा धेरै अलमल गर्नु पनि पर्दैन । 

संसदीय अभ्यास र परम्परा स्पष्ट छ । धेरै छलछाम गर्ने ठाउँ हुँदैन । स्पष्ट भएरै त बेलायतमा लिखित संविधानै नभए पनि शासन प्रणाली सहजरूपमा सञ्चालन भइरहेको छ । संसदीय लोकतन्त्रको सफलतामा कांग्रेसको मात्र होइन देश र जनताकै हित जो निहित छ । 
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  ०९:३४
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro