विदेश
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी र रुसी फौजबीचको भिडन्त ‘अवश्यम्भावी’ भएको बताएका छन् ।
उनले ‘न्याय र सत्य’ रुसको पक्षमा रहेको भन्दै कसैले रुसमाथि आक्रमण गर्ने प्रयास गरे मस्काले तत्काल जवाफ दिने पनि बताएका छन् ।
केही समयअघि मात्रै संयुक्त राष्ट्रसंघका एकजना वरिष्ठ अधिकारीले सैन्य वृद्धिले स्वीकार गर्नै नसकिने उच्च मूल्य, मानवीय पीडा र विनाश निम्त्याउने चेतावनी दिएका थिए । बीबीसीबाट ।
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८ ०९:२९
प्रतिक्रिया दिनुहोस्