site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनका लागि प्रतिनिधि सभामा प्रस्तुत प्रस्तावलाई सरकारले अगाडि बढाएको छ । विडम्बना, सत्ता साझेदार दलकै कार्यकर्ता सम्झौताका विरुद्ध सडकमा विद्रूप ताण्डव मच्चाउँदै छन् ।    
 
सडकमा विरोध प्रदर्शनका नाममा विध्वंश मच्चाइएको छ । सडक पेटी भत्काएर प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा र गाडी तोडफोडसमेत गरेका छन् । प्रहरीमाथि प्रहार गर्न प्रदर्शनकारीले पेट्रोल बोकेको त तस्बिरसमेत सार्वजनिक भएको छ ।
 
प्रहरीले पनि प्रदर्शनकारीलाई तह लगाउन पानीका फोहोरा, अश्रुग्यास, रबरको गोली प्रहार गरेको छ । प्रदर्शनकारीमात्र होइन सामान्य बटुवालाई समेत प्रहरीले एक्लै पारेर निर्ममतापूर्वक कुटपिट गरेको तस्बिरहरू सार्वजनिक भएका छन् । 
 
सडकमा उपद्रो मच्चाउने प्रदर्शनकारी मूलतः सरकारको प्रमुख साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कै नेता कार्यकर्ता रहेका छन् । सत्तारूढ दलकै नेता कार्यकर्ताले सरकारविरुद्ध सडकमा यसरी उपद्रो मच्चाउने गरेको उदाहरण बिरलै भेटिन्छ ।  
 
सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहालले  प्रदर्शनकारीको समर्थन गर्दै प्रहरीले दमन गरेको आरोप लगाएका छन् । सरकारमा बसेर विरोध प्रदर्शन उक्साउने उनको द्वैध चरित्रका कारण स्थिति थप तनावग्रस्त हुने जोखिम देखिन्छ । 
 
अर्कातिर, विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीले भने प्रदर्शनकारीले प्रहरीमाथि गरेको ढुंगामुढा गर्दा पनि प्रतिकारको आदेश नदिएको भन्दै सरकारको आलोचना गरेका छन् । यद्यपि, एमाले एमसीसीका सम्धन्धमा अझै मौन नै रहेको छ ।
 
माओवादी कार्यकर्ताले विरोध प्रदर्शनमा उत्रेसँगै सडकमा टायर बाल्न र सडक भत्काउन पनि थालेका छन् । टायरको विषालु धुवाँ मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर, राजनीतिक उन्मादीहरूलाई जनस्वास्थ्यको चिन्ता किन हुन्थ्यो ?
 
नेपाली कांग्रेसका केही नेता सत्ता गठबन्धन जोगाउन दौडधुप गर्दैछन् भने सडकमा सबै खेमाका पूर्व माओवादीहरू एकजुट भएका छन् । अहिले राजावादी भनिने पूर्वमण्डलेहरू पनि  माओवादीसँगै सडकमा उत्रिएका छन् ।
 
वास्तवमा नयाँ बानेश्वर क्षेत्रमा सोमबार दण्डहीनताकै विद्रूपता प्रकट भएको हो । प्रहरीलाई ढुंगामुढा गर्न सडक भत्काउने वा पेट्रोल बम बोकेर हिँड्नेमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने हो भने यस्तो अराजकता मच्चाउने र उक्साउनेहरू हतोत्साही हुनेछन् । 
 
यसैले नेपाल प्रहरीले सबैभन्दा पहिले सडकमा तोडफोड, विध्वंश र आगजनी गर्नेहरूमाथि कानुनी कारबाही गरी सजाय दिलाउन खुट्टा नकमाओस् । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलका नेतालाई जिम्मेवार हुन चेतावनी देऊन् ! नत्र, अराजकताको आगोले डँडेलाको रूप लिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  ११:५५
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro