site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पको सामाजिक संजाल एप्पलको एप स्टोरमा लन्च 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

वासिङटन । लामो समयदेखि चर्चामा रहँदै आएको अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक संजाल प्लेटफर्म, ‘ट्रुथ सोसल’ आइतबार एप्पलको एप स्टोरमा लन्च भएको छ । 

गत जनवरी ६ मा भएको अमेरिकी संसद भवन हमला पश्चात् फेसबुक, ट्वीटर, इन्स्टाग्राम, स्न्यापच्याट, युट्युब लगायत सबै प्रमुख सामाजिक संजलबाट प्रतिबन्धित भएका ट्रम्प अब फेरि आफ्ना समर्थकहरु माझ फर्किन सक्ने यसले संकेत गरेको छ । 

सो एप गए राति १२ बजेपछि एप्पलमा उपलब्ध भएको छ भने पहिले नै अर्डर गर्ने प्रयोगकर्ताहरुको डिभाइसमा अटोमेटिक डाउनलोड समेत भएको थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसमा केही प्रयोगकर्ताहरुले साइटमा धेरै भीड भएका कारण आफूलाई ‘वेटलिस्ट’ मा राखिएको बताएका छन् जसमा अत्याधिक मागका कारण तपाईँको नाम वेटलिस्टमा छ भनेर म्यासेज देखाइएको थियो ।  

पूर्व रिपब्लिकन अमेरिकी प्रतिनिधि डेभिन न्युन्स र ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुपले संयुक्त रुपमा निर्माण गरेको सोसल मिडिया एप, ‘ट्रुथ सोसल’ स्वतन्त्र बोलीको नारा लगाउने दर्जनौँ अन्य कम्पनीहरुसँगको प्रतिस्पर्धामा जोडिएको छ । 

Royal Enfield Island Ad

लन्च हुनु अगाडि नै यो एप स्वतन्त्र बोलीका लागि श्रेष्ठ हुनेछ भनेर दाबी गरिँदै आएको थियो । त्यसैले यो नयाँ मिडियाले अन्य प्रमुख सामाजिक संजाल प्लेटफर्ममा आफ्नो आवाज दबिएको महसुस गर्ने प्रयोगकर्ताहरुलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । 

अहिलेसम्म ट्वीटरलाई प्रतिस्पर्धा दिन गेटर, पार्लर, भिडियो साइट रम्बल जस्ता नयाँ सामाजिक संजालहरु निस्किएका छन् । यिनीहरुको लोकप्रियता पनि झन्डै ट्वीटरकै नजिक पुग्ने जस्तो देखिएको पनि छ । 

यस्तोमा फक्स न्युजसँग बोल्दै न्युन्सले यो नयाँ प्लेटफर्म अत्यन्तै प्रभावशाली हुने र धेरै मानिसहरुको मन जित्न सफल रहने दाबी गरेका हुन् । उनले थप भनेका छन्, “हाम्रो लक्ष्य भनेको मार्चको अन्त्यसम्म कम्तीमा अमेरिका भित्र हामी पूर्ण रुपमा सञ्चालनमा आउनेछौँ ।” 

शुक्रबार मात्र ट्रुथ सोसलको प्रचार गर्दै न्युन्सले धेरै भन्दा धेरै अकाउन्ट फलो गर्न, फोटो अनि भिडियोहरु शेयर गर्न र संवादहरुमा सक्रिय भएर सहभागी हुन आग्रह गरेका हुन् । आफ्नो पोस्टमा न्युन्सले एक नयाँ प्रयोगकर्तालाई स्वागत पनि गरेका छन् जो क्याथोलिक पुजारी थिए । उनले तिनलाई अरु पनि पुजारीहरुलाई ‘इन्भाइट’ गर्न भनेर प्रोत्साहन पनि गरेका छन् । 

तर यता प्राविधिक र मिडिया क्षेत्रका विज्ञहरुले चाहिँ यो नयाँ एपका दाबीहरुप्रति शंका जनाइरहेका छन् । जस्तै हाल यसले कस्तो कुन पैसाले कम्पनी चलाइरहेको छ भन्ने पनि स्पष्ट पारेको छैन ।  रोयटर्स 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro