site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोल्डेनगेट समूह विजेता बन्दै क्वार्टरफाइनलमा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गोल्डेन गेट कलेजले बिहीबार लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएको छ । 

तीन टिम रहेको समूह ‘डी’को लिग खेलमा गोल्डेन गेटले क्याम्पियन सोलोलाई ७७–६३ को स्कारेमा पराजित गर्दै समूह विजेता बनेको हो । गोल्डेन गेटका कर्मा गुरुङले २७ अंक जोडे । क्याम्पियनका मनीष राजोपाध्यायले १७ स्कोर गरे । पहिलो खेलमा गोल्डेनगेटले एसीसीएसलाई हराएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पहिलो क्वार्टरमा १६–१४ को अग्रता लिएको गोल्डेन गेट दोस्रो क्वार्टरमा १३–१४ ले पछि परेको थियो । गोल्डेन गेटले तेस्रो क्वार्टर १६–१२ र चौथो क्वार्टर ३२–२३ को स्कोरले जितेको हो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा रोयल बास्केटबल एकेडेमीले दोहोरो जित निकाल्यो । प्रतिस्पर्धात्मक बनेको महिलातर्फको खेलमा रोयलले बास्केटबल एकेडेमीले नेपाल पुलिस क्लबलाई ५१–५० को स्कोरमा हराएको हो । रोयल बास्केटबल एकेडेमीकी छिरिङ शेर्पाले सबभन्दा धेरै २४ अंक जोडिन् । पुलिस क्लबकी रोशनी श्रेष्ठले सबभन्दा धेरै १५ स्कोर गरिन् ।

Royal Enfield Island Ad

तेस्रो क्वार्टर सकिँदासम्म नेपाल पुलिसले ३५–३३ को अग्रता लिएको थियो । अन्तिम तथा चौथो क्वार्टरमा रोयल बास्केटबल एकेडेमीले १८–१५ स्कोर गर्दै समग्रमा खेल १ अंकले विजय हासिल गर्‍यो । त्यसअघि रोयल बास्केटबल एकेडेमी सुरुका दुई क्वार्टरमा ६–११ र ९–१० ले पछाडि थियो । तेस्रो क्वार्टरमा रोयल बास्केटबल एकेडेमीले १८–१४ स्कोर गर्दै अन्तरलाई घटाएको थियो ।

पुरुषतर्फ पनि रोयल बास्केटबल एकेडेमीले जेभियर इन्टरनेसनल कलेजलाई ९८–६७ ले हराएको थियो । रोयल बास्केटबल एकेडेमीका विकास गुरुङले २२ तथा जेभियरका अनिश मगरले १५ अंक बटुले । रोयल बास्केटबल एकेडेमीले पहिलो क्वार्टरमा १५–१४, दोस्रो क्वार्टरमा २७–२१, तेस्रो क्वार्टरमा २८–२० र चौथो क्वार्टरमा २८–१२ स्कोर गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  २१:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro