काठमाडौं । भारतको उत्तर प्रदेशमा इनारमा डुबेर कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
बुधबार साँझ परम्परागत ‘हल्दी’ समारोहमा आफन्तले समृद्धिको प्रतीकको रूपमा दुलही र दुलहाको अनुहारमा बेसारको लेप लगाइदिने क्रममा उक्त घटना भएको हो । मृत्यु हुनेहरूमा सबै महिला र बालबालिका रहेको प्रहरीले जनाएको छ ।
इनारबाट उनीहरूको उद्धार गरी नजिकैको अस्पताल पुर्याइएको थियो । तर, ११ जनाको तत्कालै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुशीनगर जिल्लामा भएको यस घटनामा थप दुईजना घाइते भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई ‘हृदयविदारक’ भनेका छन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पीडित परिवारलाई सहयोग गर्न जिल्ला प्रशासनलाई आग्रह गरेका छन् । बीबीसीबाट ।