काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दिवंगत साहित्यकार डा. तारानाथ शर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले वरिष्ठ साहित्यकार डा. शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेका छन् ।
“वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको निधनको खबरले मलाई निकै दुःख लागेको छ । दिवंगत शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,” देउवाले लेखेका छन् ।
नेपाली नियात्रा साहित्यलाई उचाइमा पुर्याएका साहित्यकार डा. शर्मा (ताना सर्मा) को मंगलबार बिहान ८७ वर्षको उमेरमा निधन भएको हो । उनी केही समययता डिमेन्सियाबाट पीडित रहेको साहित्यकार राधेश्याम लेकालीले उल्लेख गरेका छन् ।