site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

साधारणतया कुनै पनि देशमा संविधान संशोधन हुनसमेत हम्मे हम्मे हुन्छ । अझ नयाँ संविधान जारी गर्नका लागि झन् कति प्रकारका षडयन्त्र र राजनीति हुन्छन् भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । नेपालको सन्दर्भमा २०७२ सालको संविधान जारी गर्नु फलामको च्युरा चपाउनु सरह नै थियो किनभने जनआन्दोलनको राप र ताप सकिएको एक दशक हुन लाग्दै थियो र प्रतिक्रियावादीको खेल तथा भू–राजनीतिक स्वार्थ नयाँ संविधान जारी नहोस् भन्ने दिशामा बढेर गएको थियो । दुई सय पचास वर्ष पुरानो राजतन्त्रको अन्त्य र त्यति नै समयदेखि एकात्मक शासन प्रणाली भएको नेपाल संघीयतामा जाँदै थियो । यस्तो अवस्थामा राजनीतिक दलहरूको सहमति हुँदाहुँदै पनि संविधान जारी हुने विषयमा ठूलो संशय थियो । अझ देश भर्खरै भयावह भूकम्पबाट तङ्ग्रीन खोज्दै गरेको र ठूलो छिमेकी भारतले संविधान जारी नहोस् भनेर नाकाबन्दी लगाएको अवस्थामा सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीका लागि कति असहज परिस्थिति थियो सो अनुमान मात्र गर्न सकिन्छ । त्यसैले संविधान जन्माउने प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको अवसानको सातौं स्मृति दिवसमा उनको योगदानको कदर गर्नु र उनलाई इज्जतसँग सम्झनु संघीय, लोकतान्त्रिक, समावेशी गणतन्त्रका हिमायतीहरूका लागि स्वाभाविक कर्म हो । 

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माघ २६ गतेको दिन सुशील कोइरालाको योगदान सम्झँदै उनीप्रति ऋद्धा सुमन अर्पण गर्नुले नेपाली कांग्रेसको लोकतान्त्रिक चरित्रको झल्को दिएको छ । देउवाका लागि कोइराला पहिले आफूभन्दा वरिष्ठ नेता र केही कालपछि सबैभन्दा ठूला प्रतिस्पर्धी थिए । बाह्रौं महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएर नेपाली कांग्रेसको जिम्मेवारी पाउनबाट पछि परेका देउवाले कोइरालाको अवसानपछिको महाधिवेशनबाट सभापति भए र २०७८ सालमा दोस्रोपल्ट सभापतिका साथै अहिले देशको प्रधानमन्त्री पनि भएका छन् । त्यसैले, प्रधानमन्त्रीको रुपमा मात्र होइन पार्टीको सभापतिको रुपमा पनि देउवाले कोइरालाको योगदानको कदर गर्नुले संविधान जारी गर्ने क्रममा नेपाली कांग्रेसको भूमिकाको महत्वलाई उजागर गरेको छ । 

सुशील कोइराला वास्तवमा एक सच्चा देशभक्त तथा इमान्दार नेता थिए । २०४७ सालदेखि नेपाली कांग्रेस सरकारमा भएको समयमा आफूले चाहेको समयमा उनी प्रभावशाली मन्त्री बन्नसक्थे । तर त्याग र निष्ठाका प्रतिमूर्ति यिनले गिरिजाप्रसाद कोइरालाको अवसान नभएसम्म केवल पार्टीको काममा मात्र आफूलाई समर्पित गरे । उनी जब प्रधानमन्त्री भए त्यसबेला उनको सम्पत्ति केवल दुईवटा मोबाइल फोन मात्र थियो, जुन अन्तर्राष्ट्रिय मिडियाका लागि महत्वपूर्ण समाचार भए । यदी सुशील कोइरालाको दृढता, आत्म विश्वास र राष्ट्र प्रेम नभएको भए र उनी इमान्दार नभएका भए संविधान जारी गर्न अवश्य सहज हुँदैन थियो । त्यसैले कोइरालाको सातौं स्मृति दिवशमा उनीप्रति हार्दिक सम्मानका साथ श्रद्धाञ्जली अर्पण गर्दछौं । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १५:१८
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro