site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
क्यानडाको अदालतद्वारा प्रदर्शनकारीलाई हर्न नबजाउन आदेश
SkywellSkywell

मोन्ट्रियल । क्यानडाको राजधानी ओटावामा प्रदर्शनरत ट्रक व्यवसायीहरूलाई हर्न बजाउनुका कारण त्यहाँ हो–हल्ला बढेको भन्दै त्यस्तो काम नगर्न आदेश दिइएको छ । तिनीहरूले क्यानडाली सरकारको सबैले अनिवार्य रूपमा कोभिड १९ विरुद्धको खोप लगाउनुपर्ने नियमको विरोध गर्दै आएका छन् ।

धेरै दिनदेखि तिनीहरूले सडक अवरुद्ध गर्दै आ–आफ्ना ट्रक तेर्साएर, निरन्तर हर्न बजाउँदै त्यहाँ पार्टीसमेत मनाउँदै आइरेहका छन् ।

न्यायधीश ह्युग म्यालियनले भनेका छन्, "मैले जानेसम्म कुनै विचारको अभिव्यक्ति गर्ने शैली हर्न फुकेर हैन । आगामी दस दिन सम्मका लागि सम्पूर्ण प्रदर्शनकारीलाई हर्न नबजाउन आदेश दिन्छु ।"

KFC Island Ad
NIC Asia

करिब ४ देखि ५ सय वटा ट्रकले यसरी लगातार हर्न बजाउन थालेपछि स्थानिय वासिन्दा र व्यवसायीहरू आक्रोशित भएका छन् ।

अमेरिकी सीमा पार गर्न कोभिड १९ खोप लिएकै हुनुपर्ने नियम विरुद्धको ‘फ्डिम कन्भ्वय’ नामक यो आन्दोलन अहिले क्यानडाका अन्य थुप्रै सहरमा पनि फैलिसकेको छ । 

कोरोना भाइरस पोजिटिभ भएको कारण अहिले आफैँ आइसोलेसनमा रहेका क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रुड्युले तिनीहरूका यस कार्यले सत्य र सम्झनाकै अपमान भइरहेको प्रतिक्रिया जनाएका छन् ।

सुरुमा ओटावाको प्रदर्शनमा ३ हजार ट्रक र १० देखि १५ हजार प्रदर्शनकारीको सहभागिता रहेको थियो । 

सोमबार ओटावाका गभर्नरले त्यहाँ संकटकाल स्थितिको घोषणा गरेका थिए ।

बिजनेस इन्साइडरबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  २२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro