site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

दलाली शब्द हाम्रो समाजमा गाली बनेको छ । कुनै पनि व्यक्तिलाई दलाल भनिदिएको खण्डमा उसको सामाजिक प्रतिष्ठामा आँच आउँछ । कसैले पनि सम्पत्ति कमाएको छ भने दलाली गरेर कमाएको भन्दा त्यो पैसा अनैतिक रुपमा कमाएको भन्ने बुझिन्छ । तर, कुनै पनि आधुनिक समाजमा दलाल कम भएको कारणले मूल्य बृद्धि हुन्छ, बजारमा थोरै व्यक्तिको एकाधिकार हुन्छ र सर्वसाधारणले प्रतिस्पर्धात्मक मूल्यमा बजारमा सामान पाउँदैनन् । वास्तवमा दलाल भनेका बजार निर्माणकर्ता हुन् । जहाँ दलाल कम हुन्छन् त्यहाँ बजार बन्दैन र उत्पादनका सामानमा एकाधिकार भएका केही व्यक्तिले धेरै मूल्यमा थोरै व्यक्तिलाई सामान बेच्छन् र गरिबलाई अप्ठेरो परेको समयमा महंगो ब्याजमा ऋणमा लगानी गरेर थप गरिब बनाउँछन् । यदि सानो भन्दा सानो बजारमा धेरै भन्दा धेरै व्यक्तिको प्रतिस्पर्धा हुने हो भने बजारमा सामानको आपूर्ति सहज हुने र जथाभावी मूल्यमा सामान खरिद गर्ने विवशता हुँदैन । 

नेपालमा दलाल भनेर साधारण बजार निर्माणकर्तालाई बुझिँदैन । जसले अनैतिक रुपमा किसानलाई अप्ठेरोमा पारेर तिनको उत्पादन सस्तो मूल्यमा किन्छ र जसले किसानलाई सीधै बजारसम्म पुग्न नदिन गुण्डागर्दी र धम्की दिन्छ त्यस्तालाई दलाल भनिन्छ । त्यस्तै, जग्गाको मूख्य मालिकसँग कौडीको दाममा बैना गर्ने अनि परल मूल्य भन्दा धेरै बढीमा जग्गा बेचेर अनैतिक सम्पत्ति जोड्छ त्यस्तालाई दलाल भनिन्छ । त्यस्तै, कुनै जागिर लगाइदिन्छु भनेर वा विदेश पठाइदिन्छु भनेर अनधिकृत व्यक्तिले पैसा उठाएर गरिबलाई बिल्लीबाठ बनाउँछ त्यस्तालाई दलाल भनेर बुझिन्छ । तर, यी सबै परिभाषा गलत हुन् । यस्तो काम गर्ने मानिसलाई ठग, बदमास, जालसाज वा धोखेबाज भनिनु ठिक हुन्छ । यिनीहरू कुनै पनि रुपमा दलाल होइनन् । तर, नेपाली समाजले दलाल भन्ने शब्दको गलत अर्थ लगाइदिएको कारणले बिचौलिया वा दलालको रुपमा काम गर्नका लागि धेरैले असहज मान्ने र यस्तो काम गरेपछि बदमासी गर्दा पनि अप्ठेरो नमान्ने चलनका कारणले नेपालमा सधैं गरिबहरू बढी मात्रामा मूल्यबृद्धिको मारमा पर्दछन् ।

KFC Island Ad
NIC Asia

किसानबाट खरिद गर्ने, ठूलो होलसेलर, सानो होलसेलर, कृषि उपज बिक्रेता, सडकमा तरकारी बेच्ने आदि सबै दलाल हुन् । एकजनासँग किनेर अर्कोलाई बेच्ने सबै नै दलाल हुन् । मोटर विदेशबाट ल्याएर नेपाली बजारमा बेचे पनि वा कपडा किनेर बेचे पनि दलाली नै हो । यस्ता विक्रेताको संख्या जति बढ्छ त्यति प्रतिस्पर्धा बढेर मूल्य बृद्धिमा नियन्त्रण हुने हुनाले यस्ता उद्यमीको संख्या बढाएर जानु पर्दछ । तर, नेपालमा स्थापित व्यापारीहरूले प्रतिस्पर्धीलाई प्रवेश गर्न नदिनका लागि अनेक जालझेल गर्छन् र जनतामाझ पनि दलाली भनेको गलत पेशा हो भन्ने भ्रम सिर्जना गर्ने कोसिस गरिरहेका हुन्छन् । नेपालमा यदि मूल्य बृद्धिमा नियन्त्रण गर्ने र उपभोक्तालाई बढी भन्दा बढी विकल्प दिने हो भने दलालको संख्या पनि बढ्नु पर्दछ र सामाजिक स्विकार्यता पनि बढनु पर्दछ । 


 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १६:१४
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro