site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

संयुक्त राज्य अमेरिका । भेनेजुएलामा हाल जारी संकट समाधान सैन्यबलबाट हुन सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । अमेरिकासँग भेनेजुएलाको समस्या समाधान गर्ने घेरै उपाय भएको तर त्यस मध्य सैन्यबलबाट गरिने उपाय पनि एउटा भएको उनले बताए ।  

भनेजुएलाको विषयमा भएको छलफलको क्रममा एक सम्बाददाताले गरेको प्रश्नको जवाफ दिदै अमेरिकी सेना संसारभरी रहेका र भेनेजुएला अमेरिकाबाट खासै टाढा नरहेको बताएका छन् ।  

भेनेजुएलामा जारी द्वन्द्वको कारण सर्वसाधारणले ज्यान गुमाउनुको साथै दुख पाएका यस अवस्थामा अमेरिकासँग भएको घेरै समाधान मध्ये सैन्यबलबाट हुने समाधान पनि एक भएको ट्रम्पको भनाइ छ । भेनेजुएलाका रक्षा मन्त्री भ्लादिमिर प्याड्रिनोले ट्रम्पको यस भनाईलाई ‘पागलपनको उपज’ भन्ने संज्ञा दिएका छन्. ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

भेनेजुएयाली राष्ट्रपति निकोलास मादुरो बनाएको नयाँ संबिधान सभालाई गैरकानूनी भएको भन्दै देशभित्र विपक्षीको प्रदर्शन जारी रहेको छ भने विदेशमा पनि यसको व्यापाक आलोचना भएको छ । अमेरिकाले राष्ट्रपति मादुरोलाई अधिनायकवादीको संज्ञा दिदै विभिन्न प्रतिबन्धहरु लगाएको छ । 

भेनेजुएलामा करिब दुई हप्ता अगाडी आम निर्वाचन सम्पन्न भएको थियो । राजनीतिक सङ्कट समाधान गर्नका लागि संविधान पुनर्लेखन गर्न नयाँ शक्तिशाली निकायको आवश्यकता रहेको भन्दै यहाँका राष्ट्रपति निकोलास् मादुरोले निर्वाचनको आह्वान गरेका थिए । 

Royal Enfield Island Ad

उक्त निर्वाचन निकै विवादमा परेको र निर्वाचनको औचित्य र वैद्यतामा प्रश्न उठाइएपनि भेनुजुएलाका राष्ट्रपतिले यस निर्वाचनमा आफू विजयी भएको दावी गर्दै विपक्षीको विरोधका बीच पनि नयाँ सविधान सभाको गठन गरेका थिए । 

अन्तर्राष्ट्रिय जगतले यसलाई राष्ट्रपति मादुरोको शक्ति बढाउने काम मात्र भएको टिप्पणी गरेका थिए । कैयौं देशले यो निर्वाचन अनावश्यक भएको समेत टिप्पणी गरेका छन् । 

विपक्षीले यस निर्वाचन बहिष्कार गरेका थिए । भेनेजुएलाको प्रतिपक्षी गठबन्धन समूह डेमोक्रेटिक युनिटी राउन्ड टेबल (एमयूडी) ले वर्तमान राष्ट्रपति मादुरोले भेनेजुएलामा राजनीतिक सङ्कट चरम सीमामा पुग्दासमेत समाधान गर्न नसकेको आरोप लगाउँदै आएको थियो । 

आर्थिक सङ्कटसमेत चुलिएको भन्दै विगत चार महिनायता त्यहाँ विपक्षीहरुले आन्दोलन जारी राखेका छन । सो आन्दोलनको क्रममा हालसम्म १३० भन्दा बढी नागरिकले ज्यान गुमाइसेका छन । 

मादुरो संसदमा अल्पमतमा परेकाले संसदीय विरोधलाई छल्न संविधान सभाको ‘प्रपञ्च’ रचेको विपक्षी आरोप लागाउँदै आएको छ । 

सो निर्वाचन ५४५ सदस्यका लागि भएको हो । जहाँ छ हजारभन्दा बढी उम्मेदवार भए पनि एकजना पनि उम्मेदवारले विपक्षी दलको तर्फबाट भाग लिएका थिएन । रासस÷एएफपी 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७४  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro