site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
त्रिभुवन विमानस्थलबाट एक करोड बराबरको अवैध सुन र आइफोनसहित तीनजना पक्राउ
SkywellSkywell

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट अवैध सुन र मोबाइलसहित तीनजना पक्राउ परेका छन् । विमानस्थलमा खटिएको प्रहरीले बुधबार टनेलमा चेकजाँच गर्दा ९९ लाख २९ हजार ६९८ रुपैयाँ बराबरको अवैध सुन र मोबाइलसहित उनीहरू तीनजनालाई पक्राउ गरेको हो ।   

उनीहरूलाई सुन र मोबाइल भन्सार छलेर लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

Dabur Nepal
NIC Asia

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका १० सोबगाढाका ३२ वर्षीय सुनिल कुमार शाह रहेका छन् । उनको साथबाट ६ लाख ४० हजार पर्ने चार थान आइफोन १३ प्रो र तीन लाख ९५ हजार २२५ बराबरको ५० ग्राम सुन बरामद गरिएको छ ।

त्यस्तै  मकवानपुर मनहरी ७ का २८ वर्षीय नवराज परियार १ लाख ६० हजार पर्ने आइफोन र ५० ग्राम सुनसहित पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ३ का ३९ वर्षीय दावा छिरिङ शेर्पा ८३ लाख ३९ हजार २४७ रुपैयाँ पर्ने १ हजार ५५ ग्राम सुनसहित पक्राउ परेका हुन् । 

ती सामानहरू विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro