बामाको । मालीका सैनिक नेताहरूले फ्रान्सका राजूदतलाई देश निकाला गर्ने निर्णय गरेका छन् । फ्रान्सका विदेशमन्त्रीले मालीको संक्रमणकालीन सरकारविरुद्ध आपत्तिजनक टिप्पणी गरेको कारण यो कदम उठाइएको हो ।
फ्रान्सले ७२ घन्टाभित्र माली छाड्न आदेश दिइएका आफ्ना राजदूत जोएल मियरलाई स्वदेश फिर्ता बोलाइसकेको जानकारी दिएको छ ।
गत साता फ्रान्सका विदेशमन्त्री जिन–भेस ली ड्रियानले मालीको सैनिक सरकार अर्थात जनता "अवैधानिक र अनियन्त्रित" भएको टिप्पणी गरेका थिए । पूर्व फ्रेन्च उपनिवेश मालीमा रुसको बढ्दो संलग्नतालाई लिएर पश्चिम जगत पनि चिन्तित रहेको छ ।
पछिल्ला साताहरूमा रुसले जिहादी लडाकुहरूविरुद्धको युद्धमा स्थानीय सुरक्षा फौजलाई बलियो बनाउने उद्देश्यले मालीमा सैनिक सल्लाहकारहरू पठाएको बताइएको छ ।
अपुष्ट समाचारअनुसार मालीमा सयौँ संख्यामा शसस्त्र फौज पनि परिचालित छन् ।
सन् २०१३ मा माली सरकारलाई जिहादीविरुद्ध लड्नका लागि सहयोग गर्न फ्रान्सले मालीमा हस्तक्षेप गरेको थियो । अहिले फ्रान्स स्वयम् पनि त्यहाँ आफ्नो फौजको उपस्थित संख्या घटाउने योजनामा रहेको छ ।
बीबीसीबाट ।