site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस कतिपय अवस्थामा असक्षम वा आर्थिक रुपमा स्वच्छ नभएको आरोप लाग्दालाग्दै पनि नेपालको राष्ट्रिय हितको विषयमा भने स्पष्ट देखिन्छ । जसरी आवधिक निर्वाचन, लोकतन्त्र र जनताको अधिकारका विषयमा नेपाली कांग्रेस कहिल्यै कुनै सम्झौता गर्न सक्दैन त्यसैगरी नेपालको सार्वभौमसत्ताको रक्षाका लागि पनि यो दलले सम्झौता गर्दैन भनेर मिलेनियम च्यालेन्च कम्प्याक्टको समर्थनमा स्पष्ट उभिएर देखाएको छ । यही दलको नेतृत्वमा रहेका नेकपा एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्र भने देशका लागि हित र अहितभन्दा एक प्रकारको दिग्भ्रममा रहेका र कुनै बाह्य शक्तिको स्वार्थ परिपूर्ति गर्न लागिपरेको देखिएको छ । 

अहिले अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशनले नेपाललाई उपलब्ध गराउने भनिएको करिब ६० अर्ब रुपैयाँका सन्दर्भमा धेरैले यो सहयोग लिएको खण्डमा नेपालले आफ्नो स्वाधिनता गुमाउने भ्रम छरिरहेका छन् र गठबन्धनका दुई सदस्य दल समाजवादी तथा माओवादी पनि यो विषयमा स्पष्ट अडान लिन नसक्ने अवस्थामा पुगेका छन् । यी दुई दलले आफ्नो राजनीतिक बर्चस्व कसरी कायम राख्ने भन्ने स्पष्ट धारणा बनाउन नसक्दा यस्तो भ्रमको खेतिबाट पोषित भएका देखिन्छन् । यदि भ्रममा नपरी नेपालमा आउने सहयोगको विरोध गरेका हुन् भने बाह्य शक्तिको दबाबमा परेको बुझ्नुपर्ने हुन्छ ।  

KFC Island Ad
NIC Asia

अर्कोतर्फ, एमसीसीलाई कारण बनाएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिलेको गठबन्धनलाई भत्काउन चाहन्छ । आफू सरकारमा हुँदा एमसीसी पास गर्न कोशिस गर्ने एमाले अहिले विपक्षमा हुँदा सत्ता गठबन्धनले पास गरेर देखाओस् भनेर अड्को थाप्दै छ । यदि एमसीसीकै कारणले यो गठबन्धन भत्किन पुग्यो भने समाजवादी र माओवादी दुवै दललाई राजनीतिक लाभ भन्दा अस्तित्वको संकट हुनसक्ने आकलन सहजै गर्न सकिन्छ । त्यस अवस्थामा एमसीसीमा लिएको अडानका कारण ठूलो जनसमर्थन प्राप्त हुने सम्भावना निकै क्षीण देखिन्छ । 

यदि देशको सार्वभौमिकता र अक्षुण्णताका लागि यी दुई दलले आफ्नो अडान कायमै राखेका हुन् भने त्यो झन् ठूलो दिग्भ्रम हो । अहिले नेपालको सार्वभौमसत्ता र अक्षुण्णतालाई कतैबाट डर छ भने दुई ठूला उत्तरी र दक्षिणी छिमेकीबाट हो । अहिलेसम्म यि दुवै देश एक अर्काका मित्रशक्ति नभएको कारणले यिनीहरूको बीचमा बस्दा नेपाललाई ठूलो समस्या भएको छैन । यदि यि दुई देश मिलेभने नेपालको सिमानाभित्र रहेको लिपुलेकबाट व्यापारिक मार्ग बनाउने सम्झौता गर्न सक्छन् भन्ने प्रमाणित भइसकेको छ । यो विषयमा नेपालले विरोध गर्दागर्दै पनि विवश भएर बस्नु परेको छ । यस्तो अवस्थामा विश्वको अर्को ठूलो शक्तिले नेपालको पक्षमा बोलिदिने हो भने बल्ल नेपाल एउटा देशको रुपमा सशक्त र सम्मानपूर्वक बाँच्न पाउँछ । अमेरिका नेपालका लागि त्यही शक्ति बनोस् भन्नका लागि पनि एमसीसी स्वीकार गर्ने र अमेरिकालाई नेपालको मित्र बनाउने कार्य नेपालको हितमा छ । एमसीसीमा जे जस्तो सर्त भएता पनि ती सर्त आयोजनाका लागि मात्र लागू हुने हो । तथापि, त्यस्तो भएन भने पनि फेरि हाम्रा दुई छिमेकीले अमेरिकालाई नेपालभित्र जथाभावी गर्न दिँदैनन्, अन्यथा उनीहरूकै सुरक्षामा आँच आउँछ । 

Royal Enfield Island Ad

त्यसैले, अहिले विश्वको प्रमुख शक्तिसँग मित्रता प्रगाढ बनाउन र नेपालको विकासमा सहयोग हुने एमसीसीको विरोध गरेर राष्ट्रवादी हुनु भनेको घर जलाएर खरानी बेच्नु जत्तिकै बुद्धिमानी हो । नेकपा एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्रको समयमै चेत खुलोस् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १५:११
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro