site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुल निर्माणमा एसएसबीको अवरोध

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका २ जमुनी खोलामा पुल बनाउँदा भारतीय प्रहरीले अवरोध गरेको छ । नेपाल–भारत सीमाभन्दा सय मिटर भित्र नेपाली भूमिमा पुल बनाए पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तत्काल पुल नबनाउन उपभोक्ता समितिलाई निर्देशन दिएको हो । 

एसएसबीले सम्पूर्ण कागजात लिएर गएको उपभोक्ता समितिका अध्यक्ष धनबीर यादवले जानकारी दिए । भारतीय प्रहरीले कागजात माथिल्लो निकायमा पेश गर्ने छन् । माथिको आदेश आएपछि मात्रै पुल निर्माण हुन दिने भारतीय प्रहरीको भनाइ छ ।
 
पुस महिलो साता गाउँपालिका अध्यक्ष मनोज यादवले पुल शिलान्यास गरेका थिए । त्यसको अर्को साता भारतीय प्रहरीको एसएसबी टोली आएर काम रोक्न निर्देशन दिएको अध्यक्ष यादवले बताए । उनका अनुसार किसानलाई आवजावतका लागि ३२ मिटर लामो झुलुङ्गे पुल निर्माण गर्न गाउँपालिकाले बजेट विनियोजन गरेको छ । करसहित ४९ लाखको लागतमा पुल निर्माण गर्ने उपभोक्ता समितिसँग पालिकाले सम्झौता गरेको छ ।
 
किसान रुदल यादवले पुल नहुँदा पानी तरेर जानु परेको गुनासो गरे । “पुल नभएपछि बाढीको बेला आफ्नै खेतमा जान सकिँदैन,” उनले भने, “बाढी नभएको बेला पनि समस्या नभएको होइन । पानी तरेर जाँनु पर्ने हुन्छ । खेतीका लागि मल टाउकोमा बोकेर जानु पर्छ ।” पुल निर्माण भएपछि मिथिला माध्यमिक परिक्रमाको गिरजा स्थान र फलुहर जोड्ने छन् ।

धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी प्रर्दशनी कुमारीले कुनै पक्षबाट उक्त विषयमा अधिकारिक जानकारी नआएको बताइन् । “हामीलाई अहिलेसम्म त्यस्तो विषयमा जानकारी आएको छैन । हामी बुझेर समस्या समाधानतर्फ लाग्ने छौं,” उनले भनिन् । वास्तविक कुरा बुझेर मन्त्रालयमार्फत अगाडि बढ्ने उनको भनाइ छ । दुई देशको विषय भएको हुनाले गृह मन्त्रालयबाट समस्या समाधान हुने उनले जानकारी दिइन् ।
  
पालिका अध्यक्ष मनोेज यादवले कुनै निकायलाई अहिलेसम्म जानकारी नगराएको स्वीकार गरे । “भारतीय प्रहरीले कागजात लिए गएको छ । उत्ताबाट के जवाफ फर्काउँछ त्यो अनुसार हामी अगाडि बढ्ने सोचमा छौं,” उनले भने । 

भारतीय प्रहरीले पुनः नबनाउने निर्देशन दियो भने कानुनी रुपमा अगाडि बढ्ने उनले बताए । नेपाली भूमिमा पुल बनाउँदा भारतीयको अवरोध कानुन विपरित रहेको उनको विष्लेषण छ । दशगजा क्षेत्रमा भारतीय प्रहरीले नेपाली नागरिकलाई दुःख दिएको उनको भनाइ छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro