site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्जेन्टिना विजयी, ब्राजिल बराबरीमा रोकियो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नियमित कप्तान लियोनल मेसीविना खेलेको अर्जेन्टिनाले शुक्रबार बिहान फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोट प्रतियोगितामा चिलीलाई २–१ ले हराएको छ । ब्राजिल भने इक्वेडरसँग १–१ को बराबरीमा रोकिएको छ । 

कोभिड–१९ संक्रमित भएका मेसी पूर्ण रुपमा फिट नभएका कारण अर्जेन्टिनाको टिममा थिएनन् । अर्जेन्टिनाले एन्जेड डी मारियाको गोलबाट दशौं मिनेटमा अग्रता लिएको थियो । चिलीका बेन ब्रेरेटनले २१औं मिनेटमा बराबरी गोल फर्काए । ३४औं मिनेटमा लाउटारो मार्टिनेजले गरेको गोल अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसअघि नै कतारमा हुने विश्वकपमा स्थान पक्का गरिसकेको अर्जेन्टिनाले जितसँगै १४ खेलबाट ३२ अंक जोडेको छ । जुन शीर्ष स्थानको ब्राजिलको भन्दा चार अंकले पछाडि हो । पराजित चिली भने १६ अंकका साथ सातौं स्थानमा छ । 

दक्षिण अमिरिकाबाट शीर्ष चार टोलीले विश्वकपमा स्थान बनाउँछन् । पाँचौं स्थानमा रहने टोलीले प्लेअफबाट गुज्रनु पर्नेछ । अर्जेन्टिना र ब्राजिल जारी विश्वकप छनोटमा अहिलेसम्म अपराजित छन् ।

Royal Enfield Island Ad

ब्राजिलले सुरुमै अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा एक अंकमा चित्त बुझाउनु पर्यो । दुबै टोली दश खेलाडीमा सीमित बनेका थिए । ब्राजिलले छैटौं मिनेटमै कासेमिरोको गोलबाट अग्रता लिएको थियो । 

१५औं मिनेटमा एलेक्जेन्डर डोमिनगुइजले रातो कार्डको सामना गरेपछि इक्वेडर दश खेलाडीमा सीमित बनेको थियो । २०औं मिनेटमा इमर्सन रोयलले दोस्रो पहेंलो कार्डको समना गरेपछि ब्राजिल पनि दश खेलाडीमा सीमित भयो । 

खेल सकिन १५ मिनेट बाँकी हुँदा इक्वेडरका फेलिक्स टोरेस बराबरी गोल फर्काएका थिए । बराबरीपछि एक खेल बढी खेलेको इक्वेडर २४ अंकका साथ तेस्रो स्थानमा छ । जुन शीर्ष स्थानमा रहेको ब्राजिलको भन्दा १२ अंकले पछाडि हो । चौथो स्थानको उरुग्वेभन्दा पाँच अंकले माथि हो । 

उरुग्वेले आजै बिहान पाराग्वेलाई १–० ले हराएको थियो । पाराग्वेको जितमा लुइस स्वारेजले ५०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । पराजित पाराग्वे १३ अंकका साथ नवौं स्थानमा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro