site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुँजी अनुसार नाफा नबढ्दा घट्दो प्रतिसेयर आम्दानी
SkywellSkywell

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमाससम्म गत आब २०७७/०७८ को सोही अवधिको तुलनामा वाणिज्य बैंकहरुको खुद नाफा १०.०७ प्रतिशतले बढेको छ । बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार २७ वटा वाणिज्य बैंकको नाफा ३४ अर्ब २० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नाफा ३१ अर्ब ३७ करोड रुपैयाँ थियो । 

नाफा बढे पनि पुँजी वृद्धि अनुसार बैंकहरुले नाफा बढाउन नसक्दा  बैंकहरुको  प्रतिसेयर आम्दानी भने घटेको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरुको चुक्तापुँजी १२.५० प्रतिशतले वृद्धि भएको छ । तर, नाफा भने १०.०७ प्रतिशतले मात्रै वृद्धि हुँदा बैंकहरुको प्रतिसेयर आम्दानीमा संकुचन आएको हो । 

गत आवको दोस्रो त्रैमासमा २७ बैंकहरुको वार्षिक  कुल चुक्ता पुँजी ३ खर्ब १६ अर्ब  ५५ करोड रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ३ खर्ब ५५ अर्ब ६६ करोड पुगेको छ ।  बैंकहरुले गत आवको मुनाफाबाट बोनस सेयर दिएर पुँजीकरण गरेका हुन् । 

KFC Island Ad
NIC Asia

यसरी लाभांशबाट पुँजीकरण गरेको अनुपातमा मुनाफा बढाउन नसक्दा बैंकहरुलाई प्रतिसेयर आम्दानीमा गिरावट भएको हो । गत आवको दोस्रो त्रैमासमा बैंकहरुको मुनाफा र  पुँजीलाई आधार मान्दा औसत प्रतिसेयर आम्दानी १९ रुपैयाँ ६६ पैसा रहेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा आउँदा घटेर १९ रुपैयाँ २३ पैसामा झरेको छ ।  

अझै गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर वितरण गरिसकेका नेपाल एसविआई बैंक र सिभिल बैंकले बोनस सेयर समायोजन पछिको पुँजी नजोडी वित्तीय विवरण प्रकाशित गरेका छन् । अर्कोतर्फ एनआइसी एशिया बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले अस्वीकृत गरेको छ । नेपाल एसविआई बैंक र सिभिल बैंकको बोनस सेयर पुँजीकरण गर्ने हो भने चुक्ता पुँजी अझै बढ्नेछ भने औसत प्रतिसेयर आम्दानीमा पनि अझै गिरावट हुनेछ । 

Royal Enfield Island Ad

राष्ट्र बैंकले बोनस सेयर अस्वीकृत गरेको  फाइदा एनआइसी एशिया बैंकको प्रतिसेयर आम्दानीमा देखिएको छ । १६.५ प्रतिशतले  नाफा बढाएको बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७० पैसाले बढेर ४१ रुपैयाँ ४३ पैसा पुगेको छ, जुन वाणिज्य बैंकहरु मध्यकै धेरै पनि हो । एनआइसी एशिया बैंकपछि धेरै प्रतिसेयर आम्दानी सिद्धार्थ बैंकको छ । बैंकको चुक्ता पुँजी वृद्धि हुँदा पनि बैंकको नाफा ७१.७४ प्रतिशतले बढेको छ भने प्रतिसेयर आम्दानी १० रुपैयाँ ४१ पैसाले बढेर २५ रुपैयाँ १२ पैसा पुगेको छ ।
  
बोनस सेयर पुँजीकरण नगरी वित्तीय विवरण सार्वजनिक गरेको सिभिल बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८३ पैसाले बढेर ११ रुपैयाँ ६६ पैसा पुग्दा नेपाल एसविआई बैंकको ४.९९ रुपैयाँले बढेर १६ रुपैयाँ ४९ पैसा  पुगेको छ । यता नाफा बढेसँगै एनसीसी बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १५ पैसा, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६ रुपैयाँ ०७ पैसा, सेञ्चुरी कमर्सियल बैंकको ४.७९ पैसा र माछापुच्छ्रे बैंकले ४.०६ पैसाले प्रतिसेयर आम्दानी बढाएका छन् ।
 
यता, बोनस सेयरमार्फत पुँजी बढाएका नबिल र राष्ट्रिय वाणिज्य बैंकको प्रतिसेयर आम्दानी भने पुँजीवृद्धिको अनुपातमा नबढ्दा धेरै घटेको छ । राष्ट्रिय वाणिज्य बैंकको प्रतिसेयर आम्दानी ६.६९ रुपैयाँले घटेर ३२ रुपैयाँ १५ पैसा र नबिल बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४० पैसाले घटेर २३ रुपैयाँ ५९ पैसामा झरेको छ ।  

बैंकहरुको चुक्ता पुँजी, नाफा र प्रतिसेयर आम्दानी 


प्रोभिजन राइट ब्याक हुँदा पनि किन बढेन  नाफा ? 
एक वर्षको अवधिमा बैंकहरुले उल्लेख्य रुपमा व्यवसाय विस्तार गरेका छन् । २०७६/०७७ को अन्तिम त्रैमास र २०७७/०७८ को प्रथम त्रैमासमा कोभिड नियन्त्रणका लागि लकडाउन हुँदा कर्जा विस्तार ठप्प जस्तै रह्यो । त्यसपछि गत आवको दोस्रो त्रैमासमा उच्च कर्जा विस्तार सुरु भयो भने गत आवको अन्तिम दुई त्रैमास र चालु आवको प्रथम त्रैमासको कर्जा विस्तार उच्च भयो । 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको ५ महिनासम्मको तथ्याङ्कलाई हेर्दा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निजी क्षेत्रमा प्रवाह हुने कर्जाको वृद्धिदर ३१.२ प्रतिशले वृद्धि भएको छ ।  चालु आवको  पहिलो ६ महिनामा नै वाणिज्य बैंकहरुको कर्जा ११.६७ प्रतिशतले विस्तार भएको छ । उक्त अवधिमा बैंकहरुको निक्षेप संकलन भने ४.०३ प्रतिशत मात्रै बढेको छ । मंसिरसम्मको वार्षिक बिन्दुगत निक्षेपको वृद्धि १५.९ प्रतिशत मात्रै रहेको उल्लेख छ । 

यसरी उच्च कर्जा विस्तार भए पनि बैंकहरुको  खुद ब्याज आम्दानी भने बढ्न नसक्दा  नाफामा संकुचन देखिएको हो । दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानी १२.११ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा बैंकहरुको खुद ब्याज आम्दानी ६२ अर्ब १२ करोड रहेकोमा चालु आवको दोस्रो त्रैमासमा ६९ अर्ब ६२ करोड पुगेको छ ।
 
बैंकहरुबीच देखिएको तीव्र प्रतिस्पर्धाले गर्दा गत आवमा कर्जाको ब्याजदर घटाउन होडबाजी नै चल्यो । जसले गर्दा बैंकहरुको कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेड रेट) अर्थात् वित्तीय मध्यस्थता बापतको शुल्क घट्न पुग्यो । जसले गर्दा बैंकहरुको खुद ब्याज आम्दानीमा कर्जा विस्तार अनुसारको वृद्धि हुन नसकेको बैंकरहरु बताउँछन् । चालु आवको दोस्रो त्रैमासमा तरलता अभावसँगै बैंकहरुले निक्षेपको ब्याजदर वृद्धि गरे । जसले गर्दा बैंकहरुको लागत बढ्यो तर, दोस्रो त्रैमासको औसत वेस रेटको आधारमा माघपछि मात्रै कर्जाको ब्याजदर वृद्धि गर्न पाइने हुँदा ऋणबाट आउने आम्दानी भने बढ्न नसक्दा पनि बैंकहरुको स्प्रेड रेटमा संकुचन देखियो । खुद ब्याज आम्दानी पनि घट्न पुग्यो । तर, अब तेस्रो र चौथो त्रैमासमा भने बैंकहरुको खुद ब्याज आम्दानी वृद्धि हुने एक पूर्व बैंकरले बताए ।


  
नेपाल बैंकर्स संघले उपलब्ध गराएको एक तथ्याङ्क अनुसार बैंकहरुको कर्जाबाट १ खर्ब ९३ अर्ब ५० करोड ब्याज आम्दानी गरेर १ खर्ब २३ अर्ब ८६ करोड निक्षेप वापत ब्याजमा खर्च गरेका छन् । जबकी गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ५९ अर्ब ४४ करोड कुल ब्याज आम्दानी गर्दा ९७ अर्ब ३४ करोड मात्रै ब्याज खर्च रहेको थियो । गत वर्षको तुलनामा ब्याज आम्दानी २१.३६ प्रतिशतले बढेको छ भने ब्याज खर्च २७.२५ प्रतिशतले बढेको छ । गत आवको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको औसत स्प्रेड रेट ४ प्रतिशत भन्दामाथि रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३ प्रतिशत हाराहारीमा झरेको छ । जसले गर्दा बैंकहरुको कर्जा विस्तार अनुसार  खुद ब्याज आम्दानी बढ्न सकेको छैन ।
 
यसका साथै राष्ट्र बैंकले कर्जा लगानी तथा अन्य सेवा वापत लिने विभिन्न शुल्कमा गरेको कडाइले गर्दा पनि बैंकहरुको आम्दानी बढ्न नसकेको बैंकरहरु बताउँछन् । तर, राष्ट्र बैंकले गत असार मसान्तबाट असल वर्गमा वर्गिकरण भएको कर्जालाई १ प्रतिशतको अतिरिक्त थप ०.३ प्रतिशत प्रोभिजन गर्न निर्देशन दिएको छ । जसले गर्दा पनि बैंकहरुको मुनाफामा हिट गरेको हो । चालु आवको ६ महिनामा वाणिज्य बैंकहरुले ४ खर्ब १२ अर्ब ५८ करोड कर्जा  प्रवाह गरेका छन् । विगतमा उक्त कर्जा प्रवाहका लागि १ प्रतिशतको दरले ४ अर्ब १२ करोड ५८ लाख प्रोभिजन गरेको हुनेमा चालु आवमा थप १ अर्ब २३ करोड अतिरिक्त प्रोभिजन गर्नुपर्ने भयो । यस आधारमा बैंकहरुले ५ अर्ब ३५ करोड थप प्रोभिजन गर्नुपर्ने हो । 

तर, चालु आबको  दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकहरुको प्रोभिजन ३ अर्ब ९४ करोडले बढेको छ । यस आधारमा  बैंकहरुले करिब १ अर्ब ४० करोड प्रोभिजन राइटब्याक गर्न सफल भएको देखिन्छ । गत आबको यही अवधिमा बैंकहरुले २ अर्ब २७ करोड मात्रै प्रोभिजन गरेका थिए । 

यसरी प्रोभिजन राइट ब्याक गर्दा पनि  प्रोभिजन रकम बढाउनुपर्ने अवस्था र ब्याज आम्दानीसहित अन्य आम्दानीमा उल्लेख्य बढोत्तरी हुन नसक्नु र सञ्चालक खर्च भने बढ्दा बैंकहरुको नाफा प्रभावित बन्यो । 

बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक  अनुसार बैंकहरुको सञ्चालन खर्च साढे ४२ करोड पुगेको छ । जबकी गत आबको यही अवधिमा यस्तो खर्च साढे ३७ करोड हाराहारी थियो । 

सहुलियत अवधि सकिँदा पनि बढेन खराब कर्जा  
कोभिड १९ सँगै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ऋणीलाई ऋण तिर्ने समयमा सहुलियत दिएको थियो । उक्त सहुलियत अवधि पुस मसान्तसँगै सकिएको छ । तर, पनि न त बैंकहरुको खराब कर्जा अनुपात नै बढेको छ न प्रोभिजन नै बढेको देखिन्छ । केही बैंकहरुले उठ्न नसकेको कर्जाका लागि प्रोभिजन गरे पनि अधिकांश बैंकले भने गरेको नदेखिएको एक पूर्व बैंकरले बताए । पुस मसान्तसम्म सहुलियत अवधि भएकाले पुसमा नउठेको कर्जा चैतमा मात्रै प्रोभिजन गरेर जानका लागि पनि प्रोभिजन नगरेको हुन सक्ने ति बैंकरको दाबी छ । 

बढ्न लाग्यो लगानीको प्रतिफल दर
बैंकहरुको नाफामा बढोत्तरी देखिए पनि लगानी (इक्युटी)मा प्रतिफल दर भने लगातार घट्दै गएको थियो । तर, चालु आवको दोस्रो त्रैमासिक विवरणमा भने प्रतिफल दर वृद्धि भएको छ । 


 
बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुसार आब २०६९/०७० मा वाणिज्य बैंकहरुको औसत लगानीको प्रतिफल दर २४.८३ प्रतिशत थियो । २०७५/०७६ मा १६.८३ प्रतिशत र २०७६/०७७ मा १२.३० प्रतिशत, २०७७/०७८ मा १२.८३ प्रतिशत र चालु आबको दोस्रो त्रैमासमा १४.३३ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले आब २०७२/०७३ को मौद्रिक नीतिबाट वाणिज्य बैंकको न्युनतम चुक्ता पुँजी ४ गुणाले वृद्धि गरेसँगै पुँजीवृद्धि अनुसार व्यवसाय नबढ्दा प्रतिफल दर घट्दै गएको थियो । तर, अब  बैंकहरुले व्यवसाय वृद्धि गरेर नाफा बढाए भने अर्कोतर्फ चुक्तापँुजी बढे पनि जगेडा कोष सोही अनुपातमा नबढ्दा १२ प्रतिशतमा झरको  लगानी प्रतिफल दर १४ प्रतिशत पुगेको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  ०७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro