site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

राज्यको स्रोत साधनको दोहनमा सत्तारुढ गठबन्धन पनि पूर्ववर्ति सरकारभन्दा फरक देखिन सकेन । व्यक्तिगत स्तरमा ठूला भ्रष्टाचारका काण्डहरू सार्वजनिक नभए पनि नीतिगत भ्रष्टाचारको मेलोमेसो मिलाउन खोजिएको उदाहरणहरू सार्वजनिक हुन थालेका छन् ।

तत्कालीन नेकपा (नेकपा)को सरकारले राज्यको सम्पत्ति व्यक्तिलाई पोस्न ऐन नै संशोधन गरेको थियो । नेपाल ट्रस्टको स्वामित्वमा रहेको जमिन तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली निकट व्यावसायिक घरानालाई कौडीको मूल्यमा सुम्पन ऐन संशोधन गरिएको घछना उतिबेला निकै चर्चामा थियो ।

यसैगरी कोभिड-१९ का नाममा स्वास्थ्य सामग्री खरिददेख खोपको आयातमा समेत कमिसनको चक्करले सामग्रीको मूल्य बढेको र कमसल गुणस्तरकोे सामग्री आपूर्ति गरिएको विषय पनि निकै चर्चामा थियो । नयाँ सरकार बनेपछि कम्तीमा अगिल्लो सरकारका पालामा भएका भ्रष्टाचार र अनियमितताका विषयमा छानबिन हुने अपेक्षा धेरैले गरेका थिए ।

KFC Island Ad
NIC Asia

विडम्बना,नयाँ सरकारले ओली सरकारका कुनै पनि अनियमितता र भ्रष्टाचारका विषयको चर्चा नै गरेन । बरू,अगिल्लो सरकारकै शैलीमा आसेपासेलाई पोस्ने उपायहरू खोज्न थालेको देखियो । 

यही क्रममा सरकारले ‘श्रम सहकारी’का नाममा संस्था गठन गरी १० करोड रुपियाँसम्मको काम विनाप्रतिस्पर्धा ठेक्कामा दिने तयारी गरेको समाचार सार्वजनिक भएको छ । यसका लागि अर्थमन्त्रीको पहलमा सार्वजनिक खरिद नियमावली संशोधनको तयारी गरिएको समाचारमा उल्लेख छ ।       

Royal Enfield Island Ad

अहिले स्थानीय उपभोक्ता समितिहरूले १ करोड रुपियाँसम्मका निर्माण कार्य विनाप्रतिस्पर्धा अमानतमा गर्दै गराउँदै आएका छन् । उपभोक्ता समितिले गरेको खर्चको हिसाबकिताब हेरेपछि बर्सेनि महालेखा परीक्षकको विभागले त्यसको औचित्यमा प्रश्न उठाउँदै आएको छ ।

स्थानीय उपभोक्ता समितिमार्फत गरिएको खर्चमा महालेखा परीक्षकले प्रश्न उठाइसकेपछि सरकारले त्यसलाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउने प्रयत्न गर्नुपर्थ्यो । यहाँ त उल्टै दस गुना रकम बढाएर भ्रष्टाचारको बाली हुर्काउने तारतम्य मिलाइएको समाचार पो सार्वजनिक भयो ।

आशा गरौँ, यो समाचार गलत होस् । सरकारले आसेपासेलाई पोस्न राज्यको सम्पत्ति दोहन गर्ने प्रवृत्ति रोक्न प्रभावकारी पारदर्शी प्रक्रिया अपनाउने विधि अगाडि सारोस् । कदाचित् राजनीतिक नेतृत्व भ्रष्टाचार बढाउन उद्यत भइहाले पनि कर्मचारीहरूले प्रतिवाद गरून् । 

देश जाेगाउने जिम्मेवारी त कर्मचारीको पनि हो नि । नेता रिझाउन बाँडीचुँडी खान खोज्ने कर्मचारीको मात्र घाँटीमा हाड अड्केका अनेकौं दृष्टान्त नबिर्सौँ ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १३:५९
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro