site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

 

बहालवाला मन्त्रीले नै सार्वजनिकरूपमा हिंसाको महिमा गाउन थाल्ने हो भने राज्य हुनुको अर्थ नै समाप्त हुन्छ । यसैले खुलारूपमा कुख्यात ‘गौर नरसंहार’ दोहोर्‍याउने धम्की दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्नुपर्छ । 
 
मन्त्री यादवले गत माघ ५ गते गौरमा आयोजित कार्यक्रममा उनले जनमत पार्टीप्रति लक्षित गर्दै गौर नरसंहारजस्तै घटना दोहोरिन सक्ने चेतावनी दिएकी थिइन् । कार्यक्रमको भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मन्त्री यादवको व्यापक र चर्को विरोध भएको छ । 
 
हुनत, सामाजिक सञ्जाल र सञ्चार माध्यममा व्याप्त भएको श्रव्यदृश्य सामग्री नै काटछाँट गरिएको दाबी मन्त्री यादवले गरेकी छन् । तर, जनमत पार्टीका साथै नागरिक समाजबाट पनि यादवमाथि हिंसा दुरुत्साहित गरेको आरोपमा कारबाहीको माग भइरहेको छ ।

रौतहटको गौरमा २०६३ साल चैत ७ गते तत्कालीन मधेसी जनअधिकार फोरम र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बीच भएको झडपमा २७ जनाको हत्या भएको थियो । उपेन्द्र यादव नेतृत्वको त्यही फोरम अहिले जनता समाजवादी पार्टी हुनपुगेको छ । 
 
हालै नामाकरण गरिएको मधेस प्रदेशमा नयाँ दल जनमत पार्टीले अराजक शैलीमा कथित किसान आन्दोलन गरिरहेको छ । जनमत पार्टीका कार्यकर्ताले आफ्नो भ्रमणमा बाधा पुर्‍याएपछि मन्त्री यादव उत्तेजित भएर गौर हत्याकाण्ड दोहोरिने धम्की दिएकी थिइन् । 
 
जनमत पार्टीका कार्यकर्ताको अराजक प्रवृत्ति पक्कै पनि निन्दनीय छ । तर, तिनीहरूमाथि कानुनबमोजिम कारबाही गराउनुको साटो उल्टै नृशंस हत्याकाण्ड दोहोर्‍याउने धम्की दिनु नितान्त आपत्तिजनक हो । 
 
मन्त्री पदमा रहेका बेला दिएको अभिव्यक्ति विवादित भएपछि नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले २०७५ साल साउन ८ गते मन्त्री पदबाट राजीनामा गरेका थिए । मन्त्री यादवले पनि नैतिकतामा आधारमा राजीनामा गरे उचित हुनेथियो । 
 
मन्त्री यादव र उनको दलका नेताहरूको व्यवहार हेर्दा नैतिकताका आधारमा राजीनामा दिने सम्भावना बिरलै देखिन्छ । यसैले प्रधानमन्त्री शेरबहादुर देउवाले नै उनीसँग राजीनामा माग्ने वा मन्त्री पदबाट हटाउने पहल गर्नु जरुरी देखिन्छ ।
 
अराजक प्रवृत्तिप्रति बेलैमा निर्मम नहुने हो भने सरकारका मन्त्रीहरूले नै कुनै दिन अकल्पनीय घटना गराउन सक्छन् । त्यस अवस्थामा सबै दोष प्रधानमन्त्री देउवाले नै बोक्नुपर्नेछ । संविधानले मन्त्रीलाई प्रधानमन्त्रीप्रति उत्तरदायी जो बनाएको छ । 

रेणु यादवको हिंसात्मक अभिव्यक्तिको मतियार हुने कि उनलाई कारबाही गरेर त्यसको दोषबाट पन्छने भनेर रोज्ने त प्रधानमन्त्री देउवाले नै हो । लोकतन्त्रमा सबै जिम्मेवार हुनुपर्छ भन्ने त प्रधानमन्त्री देउवालाई पक्कै सम्झाउन नपर्ला ।
 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १२:३४
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro