site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्प्रेडको दबावमा बैंक, व्यवसाय बढेपनि नाफा बढ्न सकेन

काठमाडौं । सञ्चालनमा रहेका २७ मध्ये २३ वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । २३ वटा वाणिज्य बैंकहरूको पुस मसान्तसम्मको खुद नाफा २९ अर्ब ५८ करोड रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरूको नाफा समग्रमा साढे ११ प्रतिशत भन्दा माथिले बढेको हो । 

गत आर्थिक दोस्रो त्रैमाससम्म यी २३ बैंकले २६ अर्ब ५१ करोड खुद नाफा आर्जन गरेका थिए । बैंकहरूलाई ब्याजदर अन्तर स्प्रेड दरमा भएको संकुचनको दबाव बढेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नै २३ बैंकको निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा साढे १० प्रतिशत भन्दा बढीले बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार २०७७ मंसिरको तुलनामा २०७८ मंसिरमा अर्थात् वार्षिक विन्दुगत आधारमा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा ३१.२ प्रतिशतले वृद्धि भएको छ । सबै बैंकको विवरण नआएकाले पुस मसान्तको तुलनात्मक विवरण आउन बाँकी छ । 

६ महिनामा नै साढे १० प्रतिशत र गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशत कर्जा विस्तार हुँदा पनि बैंकहरूको नाफा भने साढे ११ प्रतिशत मात्रै वृद्धि भएको छ । यसको प्रमुख कारण बैंकहरूले निक्षेप संकलन र कर्जा लगानी गर्दा लिने वित्तीय मध्यस्थतता बापतको शुल्क अर्थात् स्प्रेड दरमा भएको संकुचन हो । 

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूका लागि स्प्रेड दर अधिकतम ४.४ प्रतिशत कायम गर्नसक्ने व्यवस्था गरेको छ । तर, अहिले बैंकहरूको औसत स्प्रेड दर नै ३ प्रतिशत भन्दा कम अथवा त्यसको हाराहारीमा आएको छ ।

बैंकहरूले प्रकाशित गरेको २०७८ पुस मसान्तमो अपरिस्कृत वित्तीय विवरणअनुसार कृषि विकास बैंकबाहेक सबै बैंकको स्प्रेड रेट ४ प्रतिशत भन्दा तल छ । वित्तीय विवरण सार्वजनिक गरेका २३ बैंकमध्ये १२ बैंकको स्प्रेड दर ३ प्रतिशत भन्दा पनि तल झरेको छ । एनसीसी बैंकको स्प्रेड दर त २.३१ प्रतिशतमा झरेको छ ।

यही स्प्रेड दरमा भएको संकुचले गर्दा बैंकहरूले एग्रेसिभ रूपमा कर्जा विस्तार गरेपनि अपेक्षाकृत मुनाफा भने बढेको छ । पुस मसान्तसमम्म विवरण प्रकाशित २३ वाणिज्य बैंकको कर्जा लगानी १०.५६ प्रतिशतले वृद्धि हुँदा निक्षेप भने २.२८ प्रतिशतले मात्रै बढेको छ ।

आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै कर्जा बढाउनेमा स्ट्यान्डर्ड चाटर्ड बैंक रहेको छ । बैंकको कर्जा लगानी २१.९४ प्रतिशतले वृद्धि हुँदा लक्ष्मी बैंकको १९.९३ प्रतिशत, एनसीसी बैंकको १८.९३ प्रतिशत, माछापुच्छ्रे बैंकको १६.२२ प्रतिशत, कृषि विकास बैंकको १५.७३ प्रतिशत र सानिमा बैंकको कर्जा १४.१३ प्रतिशतले बढेको छ ।

सबै बैंकको कर्जामा वृद्धि भएपनि केही बैंकको निक्षेप भने घटेको छ । सानिमा बैंकले १२.५४ प्रतिशत, माछापुच्छ्रे, सिद्धार्थ र नबिल बैंकले ४ प्रतिशत भन्दा माथिले निक्ष्गेप बढाएका छन् । यता सकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप भने ८.०६ प्रतिशतले गिरावट भएको छ भने, नेपाल बंगलादेश बैंकको ७.३७ प्रतिशत कृषि विकास बैंकको निक्षेप पनि ३.२७ प्रतिशतले निक्षेप घटेको छ । यसबाहेक नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक र सेञ्चुरी बैंकको निक्षेपमा पनि सामान्य गिरावट भएको छ ।

औसतमा ११ प्रतिशत भन्दा माथिले नाफा बढेपनि केही बैंकको भने नाफा घटेको छ । कुमारी बैंकको नाफा २२.१३ प्रतिशतले गिरावट हुँदा प्रभु बैंकको नाफा १७.११ प्रतिशत, नेपाल बंगलादेश बैंकको नाफा १३.८८ प्रतिशत, एभरेस्ट बैंकको नाफा १२.५ प्रतिशत र प्राइम कमर्सियल बैंकको नाफा ७.१८ प्रतिशतले घटेको छ ।

पुस मसान्तसम्म सबैन्दा धेरै नाफा भने ग्लोबल आईएमई बैंकले कमाएको छ । बैंकले २ अर्ब ६६ करोड नाफा आर्जन गर्दा एनआईसी एसिया बैंकले २ अर्ब ४० करोड र नबिल बैंकले २ अर्ब १८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

प्रतिशतका आधारमा धेरै नाफा बढाउनेमा सिभिल बैंक छ । बैंकको नाफा १५० प्रतिशतले वृद्धि हुँदा सिद्धार्थ बैंकको ७१.७४ प्रतिशत, सेञ्चुरी कमर्सियल बैंकको ५३.११९ प्रतिशत, नेपाल एसबिआई बैंकको ५२.९४ प्रतिशत, स्ट्यान्डर्ड चाटर्ड बैंकको ४९.३२ प्रतिशत र एनसीसी बैंकको ४७.५४ प्रतिशतले मुनाफा बढेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro