राजनीति
काठमाडौं । नेकपा (एमाले)ले २५ जनाभन्दा बढी सहभागी हुने पार्टीका कार्यक्रमलाई स्थगित गर्न निर्देशन दिएको छ ।
आज पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले प्रदेश तथा जिल्ला कार्यालयहरूलाई सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।
पार्टीका आन्तरिक बैठक, भेला छलफलजस्ता कार्यक्रमहरू आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्न भनिएको छ ।
कोभिड–१९ का सन्दर्भमा सरकारद्वारा जारी स्वास्थ्य प्रोटोकललाई ध्यानमा राख्दै प्रदेश, जिल्ला र मातहतका कार्यलय सुचारु राख्ने सर्कुलरमा उल्लेख छ ।
यसअघि आज नै प्रदेश सभाबाट प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित भएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८ १७:४९
प्रतिक्रिया दिनुहोस्