site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६१ वर्ष पुरानो विद्यालयको जग्गा मुद्दा : अदालतले टुंग्यायो विवाद

जनकपुरधाम । ६ दशकअघि जनकपुरधाम उपमहानगरपालिका–२१ का कुर्थावासीले गाउँको शैक्षिकस्तर उकास्ने बहस सुरु गरे । गाउँका अगुवाले शिक्षामा जोड दिँदै आफ्ना–आफ्ना योजना अगाडि सारे । सामुदायिक विद्यालय स्थापना गर्नुपर्ने योजना थियो, गाउँलेको । तर, जग्गा थिएन ।

गाउँवासीले वर्षौँ पहिले गाउँ छोडेर गएको दनुवार समुदायको कित्ता नम्बर ५३ को पोखरीसहित तीन बिघा १५ कट्ठा पाँच धुर जग्गा विद्यालयको हुने सहमति जुटाए । त्यति बेला त्यो जग्गा कसैको नाममा नरहेको गाउँका वृद्ध भोगेन्द्र रायको दाबी छ । तर, धेरै पहिलेदेखि भोगचलन दनुवार समुदायको थियो ।

उनका अनुसार पशुराम राय अमात, गोसाय जादव, महेश साह, जीवछ झा, झल्लु महासेठलगायत व्यक्तिले संयुक्त रूपमा विद्यालय बनाउन पहल गरेका थिए । उनीहरूले नै जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिए ।

वि.सं. २०१७ सालमा कुर्थाबजारस्थित सोही जमिनमा राजर्षि जनक माध्यमिक विद्यालयको शिलान्यास भयो । ६१ वर्षदेखि विद्यालय चल्दै आएको छ ।

तर, विद्यालय स्थापनाकालमा सघाएका झल्लु महासेठले ०२६ सालमा गुठी संस्थानले गरेको नापीमा आर्थिक चलखेल गरी चारजनाको नाममा उक्त जग्गा लेखाएको भोगेन्द्रको आरोप छ । सुबन्त महासेठ, मुकुन्द महासेठ, मणि महासेठ र झल्लु महासेठको नाममा गुपचुप तरिकाले जग्गा लेखाइएको उनको भनाइ छ ।

“पोखरीसहित करिब पौने चार बिघा जमिन छ । सयौँ वर्ष पहिले दनुवार समुदाय त्यो जग्गा–जमिन छोडेर अन्त बसाइँ सरिसकेको छ,” उनले भने, “त्यहाँ गाउँवासीले विद्यालय बनाए । अहिलेसम्म त्यो समुदायको कोही पनि जमिनको विषयमा खोजी गर्न आएको छैन ।”

सो जग्गा जनकपुरधाम–२१ का वडाध्यक्ष रामेश्वर राय महासेठको परिवारलगायत व्यक्तिले कब्जा गर्न किर्ते लालपुर्जा पनि बनाएको आरोप थियो ।

उक्त जग्गा तीन चरणमा १० जनाको नाममा नामसारी भएको थियो । पहिलो चरणमा झल्लु महासेठ, सुबन्त, मुकुन्द र मणि महासेठको नाममा थियो । उनीहरूले ०४६ सालमा रामलखन महासेठ, जगदीश महासेठ, राजदेव महासेठ र चन्देश्वर महासेठको नाममा नामसारी गरे । केहीअघि मात्र उनीहरूले रामलखन महासेठ, सुरेन्द्र महासेठ, श्याम महासेठ र उपेन्द्र महासेठको नाममा संयुक्त रूपमा लालपुर्जा बनाएका थिए ।

वडाध्यक्ष रामेश्वर राय महासेठले ६ दशकदेखि चल्दै आएको विद्यालय हटाउन पटक–पटक दबाब दिएको प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादव बताउँछन् ।

लालपुर्जा बदर गरी पाऊँ भनी प्रधानाध्यापक यादवले ०७५ सालमा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गराएका थिए । झन्डै दुई वर्षदेखि विचाराधीन उक्त मुद्दाको बुधबार (हिजो) अन्तिम सुनुवाइ भएको छ ।

जिल्ला अदालत धनुषाले कित्ता नम्बर ५३ को तीन बिघा १५ कट्ठा पाँच धुर जग्गाको लालपुर्जा बदर गरी ६ कट्ठा साढे ६ धुर जग्गा विद्यालयको हुने आदेश गरेको छ । यस्तै, व्यक्तिका नाममा रहेको तीन बिघा १५ कट्ठा पाँच धुर जग्गाबाट विद्यालयको ६ कट्ठा साढे ६ धुर लगत कट्टा गरी व्यक्तिको नामको नयाँ लालपुर्जा बनाउन पनि अदालतले आदेश गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro