site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

कानुन मिच्नुलाई  ‘पौरख’ देख्ने नेपाली समाजमा ठालुहरूले कहिल्यै कानुनको सम्मान गर्दैनन् । सडकको बार नाघ्नदेखि कानुनी निषेधका बार भत्काउन पनि उनीहरू पटक्कै हिचकिचाउँदैनन् ।  

पृथ्वीनारायण शाहको सालिगमा माल्यार्पण गर्ने निहुँमा मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन राजा ज्ञानेन्द्रविक्रम शाहले कोभिड-१९ को सङ्क्रमणको जोखिम रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरे । मूलतः भिडभाड नहोस् भन्ने हेतुले स्थानीय प्रशासनले २५ जनाभन्दा बढी जम्मा हुन निषेध गरेको थियो । 

राष्ट्रपति भण्डारी रामशाह पथमा सिंहदरबार अगाडि रहेको  पृथ्वीनारायणको सालिगमा माल्यार्पण गर्न लावालस्कर लिएर पुग्दा सडक अवरुद्ध भयो । सिंहदरबारको व्यस्त सडक थोरै बेर नै पनि रोकिँदा भिड हुनु स्वाभाविकै हुन्छ । भिडमा कोभिड फैलने जोखिम धेरै हुन्छ । राष्ट्रपति भण्डारी यसै वर्ष माल्यापर्णका निम्ति पुगेकी हुन् । 

KFC Island Ad
NIC Asia

ज्ञानेन्द्र शाहलाई पनि यस वर्ष पृथ्वीनारायण शाहको सालिगमा माल्यापर्ण गर्ने रहर जाग्यो । प्रचारप्रसार गरेर तामझामसहित शाह सिंहदरबारको ढोकामा पुगे । शाहसँग निकट मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले जुलुसै लिएर गयो ।

राष्ट्रपति भण्डारीले नै सरकारको निषेधाज्ञा तोडेपछि  ज्ञानेन्द्र शाहका लागि पनि सजिलो त भयो । यद्यपि, भण्डारीले कानुन उल्लङ्घन नगरेकी भए पनि ज्ञानेन्द्र शाह र राप्रपाले कानुन मिच्न सक्थे ।

Royal Enfield Island Ad

पृथ्वीनारायण शाहप्रति श्रद्धा प्रकट गर्न महामारीलाई चुनौती र निषेधाज्ञाको अवज्ञा गर्नु जरुरी थिएन । कानुन मिच्नेहरूले पौरख गरेको ठाने पनि त्यो सङ्क्रमण फैलाउने कारक बन्न सक्छ ।

मंसिर महिनामा दलहरूको महाधिवेशनमा गरिएको स्वास्थ्य मापदण्डको अवज्ञा महामारीको तेस्रो लहर फैलाउने कारक बन्न पुग्यो । काठमाडौ‌मा गरिएको निषेधाज्ञाको अवज्ञाले पनि पक्कै जोखिम थप्नेछ । 

राष्ट्रपति भण्डारी वा तत्कालीन राजा शाह दुवैले आफूले कानुन मान्न नपर्ने वा आफूलाई कानुनभन्दा माथि ठानेकै कारण यस्ता क्रियाकलाप गर्न नहिचकिचाएको हुनुपर्छ । यसले पुराना शासकको मात्र होइन नयाँ शासकहरूको पनि सामन्ती मानसिकता उजागर गरेको छ ।

एक्काइसौ‌ं शताब्दीमा कानुन मिच्न पौरख ठान्ने प्रवृत्तिलाई स्वीकार गर्न सकिँदैन । सरकारले कानुनको अवज्ञा गर्ने कसैलाई पनि उन्मुक्ति दिनु हुँदैन थियो । कानुन पालना गराउन चाहिने नैतिक शक्ति सरकारको राजनीतिक र प्रशासनिक नेतृत्वसँग छैन । 

यही कारणले बल हुनेहरू मौका पुग्नेबित्तिकै कानुन मिचेर पौरख देखाउन तम्सने हुन् । शासकहरू स्वयं कानुन मिच्ने प्रवृत्तिका भएकाले कानुनको अवज्ञा हुँदा चासो नलिएको हुनुपर्छ । 

यसरी महामारी नै फैलने अवस्थामा पनि यसरी जनहितको उपेक्षा गर्ने ठालुहरूको सामूहिक प्रतिवाद गर्नुमात्र यस रोगको उपचार हुनसक्छ । नत्र, कानुन मिचेर पौरख देखाउनेहरू रोकिनेछैनन् ।  

  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १२:२०
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro