site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

सरकारमा कानुनभन्दा मेडिकल माफियाको पकड बलियो देखिनु राज्यलाई नै विफल बनाउने अभ्यासकै अङ्ग हो । यो नियोजित षड्यन्त्र नहुन पनि सक्छ तर यसको परिणाम भने जटिल र गम्भीर हुनेछ ।
 
विभिन्न कलेजका चिकित्सा शास्त्रका विद्यार्थीलाई यस वर्ष पनि तोकिएभन्दा बढी शुल्क तिर्न दबाब दिइएपछि उनीहरू सडक आन्दोलनमा उत्रन बाध्य भएका छन् । सम्बन्धित निकायले तोकेको भन्दा थप पैसा लिनु प्रचलित कानुनअनुसार दण्डनीय अपराध हो ।
 
मूलतः राजनीतिक दलका नेताहरूको संलग्नता र संरक्षणका कारण मेडिकल कलेजका सञ्चालकहरूले सोझै ठगी ठहरिने काम खुलेयाम र बर्सेनि गर्ने आँट गरेको मानिन्छ । 
 
विद्यार्थीले तिर्नुपर्ने शुल्कलगायत चिकित्सा शिक्षामा विद्यमान विकृति अन्त्य गर्ने माग राखेर प्राध्यापक डाक्टर गोविन्द केसीले कैयौं पटक सत्याग्रह गरेका थिए । चिकित्सा शिक्षालाई विकृति मुक्त बनाउन शिक्षाविद् केदारभक्त माथेमा आयोगले पनि सरकारलाई बाटो देखाएको थियो ।
 
लाग्छ, मेडिकल माफियाको चङ्गुलमा परेका शासकहरूले ती सबै बिर्से वा सम्झनै चाहेनन् । सरकारमा जो भए पनि सजिलै हातमा लिनसक्ने गजबको क्षमता निजी क्षेत्रका मेडिकल कलेजका सञ्चालकमा देखिएको छ ।
 
विराटनगर र काठमाडौ‌का केही मेडिकल कलेजमा अहिले शुल्क थप लिने निर्णयविरुद्ध विद्यार्थीहरू आन्दोलनरत छन् । कलेज व्यवस्थापनले असुल्न लागेको थप रकम नतिरे उनीहरूलाई परीक्षामा सामेल हुन नदिने  धम्की दिइएकाे छ ।
 
विद्यार्थीलाई बाध्यतामा पारेर पैसा असुल्न कानुनविपरीत क्रियाकलापमा संलग्न गर्ने अपराधमा संलग्न मेडिकल कलेज व्यवस्थापनलाई सम्बन्धित मन्त्रालयले भने चेतावनीमात्र दिएको छ । 
 
यद्यपि, “गैरकानुनी रूपमा विद्यार्थीबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही” गर्ने चेतावनी कार्यान्वयन गरिएमा यो ठगी धन्दा बर्सेनी दोहोरिने थिएन ।
 
मेडिकल कलेजहरूको प्रत्यक्ष तालुक निकाय विश्वविद्यालयका पदाधिकारी प्रलोभन र राजनीतिक दबाबबाट मुक्त हुने हो भने पनि यो समस्या दोहोरिइरहने थिएन । दुर्भाग्य, राजनीतिक कृपामा नियुक्त विश्वविद्यालय पदाधिकारी माफियाका मतियार राजनीतिक नेताहरूकै लाचार अनुचरजस्ता छन् ।
 
विद्यार्थीमाथि धेरै दबाब परे उनीहरूको आन्दोलनको विस्तार देशव्यापी हुनसक्छ । विद्यार्थी संगठनहरूले आन्दोलनको समर्थन गरेर यो सङ्केत दिइसकेका छन् । सरकार चुनावका मुखमा आन्दोलन नहोस् र सङ्कटको सामना गर्न नपरोस् भन्ने चाहन्छ भने तत्काल कानुनविपरीत विद्यार्थीसँग रकम असुल्ने वा असुल्न खोज्नेहरूलाई कारबाही गरोस् ।   
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १०:२१
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro