site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

लुम्बिनी । ट्राफिक सचेतनाका लागि निरन्तर अभियान संचालन हुदैं आए पनि रुपन्देहीमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या भने बढ्दै गएको छ । दुर्घटना न्यूनिकरणका लागि सवारी जाँचमा कडाइ र कारबाहीको प्रक्रिया अघि बढाए पनि दुर्घटना कम हुनुको साटो झन बढ्दै गएको छ । 
जिल्लामा आव २०७१/ ७२ मा १२० वटा सवारी दुर्घटनामा ८३ जनाको मृत्युका साथै ११७ जना घाइते भएका थिए । यसैगरी आव २०७२ / ७३ मा १८४ वटा सवारी साधान दुर्घटनामा १११ जनाको मृत्यु र २४९ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
आव २०७३/ ७४ मा २४८ वटा सवारी दुर्घटनामा १२५ जनाको मृत्यु र २९० जना घाइते भएका थिए । यसरी हरेक वर्ष बढ्दो सवारी दुर्घटनाले मृत्यु हुनेका संख्या पनि बढ्दो छ । ठूला सवारीसाधनभन्दा पनि साना सवारीसाधनमा दुर्घटना बढी हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । सडक सञ्जाल र यातायातका साधन बढ्दै जाँदा हरेक वर्ष सवारी दुर्घटना पनि बढ्दो क्रममा छ ।
हालसम्मकै तथ्यांकअनुसार सबैभन्दा बढी दुर्घटना मोटरसाइकलबाट भएको देखिन्छ । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ । आव २०७१/७२ मा ८६, आव २०७२/७३ मा १४० र आव २०७३/ ७४ मा १९० वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । ट्रक ५३, कार–जिप ४७, बस ३८, रिक्सा, साइकल तथा ठेला २१, ट्याम्पो चार र अन्य छवटा गरी २४८ वटा सवारी साधन दुर्घटना भएका थिए ।
पछिल्लो समय बढ्दो सवारी साधनको चाप, साँघुरो बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको जीर्ण अवस्था र सडक निर्माणका नाममा ठेकेदारले सडक निर्माणमा वर्षौं लगाउँदा दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरी निरीक्षक दक्षकुमार बस्नेतले बताए ।
ट्राफिक नियम उल्लंघन, मादक पदार्थ खाएर सवारी चलाउने र तीव्र गतिले सबैभन्दा बढी दुर्घटना भइरहेको उनको भनाइ छ  ।

दुर्घटनामा चालकको गल्ती बढी

KFC Island Ad
Dabur Nepal
NIC Asia

जिल्लामा भएका सवारी दुर्घटनामा धेरै चालकको गल्तीका कारण भएको अनुसन्धानले देखाएको छ ।  ट्राफिक प्रहरी निरीक्षक बस्नेतका अनुसार चालकको लापरबाहीका कारण १५९ वटा सवारी साधन दुर्घटना भएका छन् । त्यस्तैगरी तीव्र गतिका कारण ६८, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा छ, उछिन्दा चार, यान्त्रिक गडबडी (ब्रेकफेल, स्टेयरिग फेल) जस्ता कारणले चार, यात्रुको गल्तीका कारण तीन, सडक चौपायाका कारण एक र सडकको अवस्थाले गर्दा एउटा सवारी साधन दुर्घटना भएको छ ।

मापसे गरी हाँक्ने पनि बढ्दो

Royal Enfield Island Ad

रुपन्देहीमा मापसे गरी सवारीसाधन हाँक्दा कारबाही हुनेको संख्या पनि वर्षेनी बढ्दै गएको छ । आव २०७१/७२ मा २८६ जना, आव २०७२/७३ मा ५८२ जना र आव २०७३/७४ मा मापसेबाट एक हजार १२७ जना कारबाहीमा परेका छन् । कारबाहीस्वरुप ६३६ वटा लाइसेन्समा प्वाल पारिएको छ, जसमध्ये ३१९ भैरहवा क्षेत्रका छन् भने ३१७ बुटवल क्षेत्रअन्तर्गतका हुन् ।

तीन करोड ८८ लाख राजश्व संकलन
ट्राफिक प्रहरी कार्यालयले आव २०७३/७४ मा रु तीन करोड ८८ लाख ४४ हजार राजश्व संकलन गरेको छ । ट्राफिक नियम विपरीत चलेका ६६ हजार २७४ सवारी साधनलाई कारबाही गर्दा सो राजश्व संकलन भएको कार्यालयले जनाएको छ । 
सबैभन्दा बढी २१ हजार १३९ ट्रक कारबाहीमा परेका छन् जसबाट रु एक करोड २१ लाख आठ हजार ५०० राजश्व संकलन भएको छ ।
त्यसैगरी पाँच हजार ८१२ वटा बस कारबाहीमा पर्दा रु ३३ लाख ४० हजार ५००, १० हजार ६३९ साना कारजिप भ्यानबाट ५९ लाख ३६ हजार, १० हजार ९६१ वटा मोटरसाइकल र स्कुटीबाट ९१ लाख ८९ हजार ५००, ट्र्याक्टरबाट ६८ लाख ५१ हजार तथा अन्य दुई हजार २०० सवारीसाधनबाट १४ लाख २७ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २५, २०७४  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro