site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
बालबालिकामा डायपर प्रयोग र शौचालय प्रशिक्षण कहिले गर्ने ?

संसारभरका अभिभावकहरूले हरेक दिन आफ्ना बालबालिकाहरूमा सुरक्षित रूपमा डायपरहरूको प्रयोग गर्ने गर्छन् । विशेषगरी यात्रा, बिदा र अस्थायी परिस्थितिहरूका लागि प्रवर्द्धन गरिएको आधुनिक डायपरहरू अहिले धेरै अभिभावकहरूको लागि प्रमुख र सुलभ रोजाइ बनिसकेको छ । निःसन्देह रूपमा डायपर अभिभावकको लागि बालबालिकाको हेरचाहमा सुनौलो आविष्कारहरूमध्येको एक हुँदै कपडालाई डायपरको रूपमा प्रयोग गर्ने चलन धेरै हदसम्म विस्थापित भइसकेको छ ।

डायपरहरू आविष्कार भएदेखि नै निरन्तर परिवर्तन हुँदै सुधार भएका छन् । प्लास्टिकको प्यान्ट, कपडाको प्याड हुँदै आजका डिस्पोजेबल डायपरहरू हल्का, कम्प्याक्ट, धेरै शोषक, चुहावट रोक्न र प्रयोग गर्न सजिलो बनेका छन् ।

प्रयोग गर्न र खोल्न सजिलो, हलुका, छालालाई सुक्खा, सफा र स्वस्थ राख्ने, सर्वसुलभ भई जता पनि पाइने, दिसा–पिसाबबाट हुन सक्ने संक्रमणबाट बचाउनुका साथै अभिभावकलाई बारम्बार कपडा चेकजाँच गरिरहनुपर्ने, फेरिरहनुपर्ने परिस्तितिबाट पनि सहज वातावरण प्रदान गरेको छ ।

KFC Island Ad
NIC Asia

डायपरको प्रयोगले धेरै कुरामा सहज र फाइदा गरेता पनि बालबालिकाहरूले उमेरअनुरूप विकास गर्नुपर्ने शौचालयको प्रयोग तथा आफैँले दिसा–पिसाब गर्न सक्ने क्षमताको विकासमा भने ढिला गर्न सक्छ । डिस्पोजेबल डायपरको प्रयोगले बालबालिकालाई डायपर लगाउने समय सीमा र उमेर बढेको छ, बालबालिकाले डायपरमा एकदमै सहज महसुस गरिरहेका छन् र अभिभावकहरूले उनीहरूलाई शौचालय तालिमको लागि दबाब दिइरहेका छैनन् ।

Royal Enfield Island Ad

बालबालिकामा पिसाब आफैँ फेर्ने, आएको संकेत गर्ने वा भन्न सक्ने सीपको विकास १८ देखि ३० महिनासम्मको हुँदा हुन्छ । तर, डायपर लगाइरहँदा यो ढिला हुनुको कारण यसमा निर्भर भइरहनु पनि हो । यसको प्रयोगले बालबालिका पिसाब फेरे पनि कम्फर्ट हुन्छन् । चिसो हुने, भिज्ने वा गन्ध आउने हुँदैन । त्यसकारण पनि उनीहरूले अप्ठ्यारो महसुस गर्ने, रुने वा संकेत गर्ने गर्दैनन् । स्वास्थ्यको हिसाबले यो राम्रो हो । तर, यसले बालबालिकाको आफ्नो क्षमता विकासमा भने पक्कै ढिलाइ गर्छ ।

हाम्रो मूत्रथैलीमा एउटा नसा (स्नायु) हुन्छ, जसले थैली भरिसकेपछि पिसाब फेर्न जाने संकेत दिमागलाई दिन्छ । तर, लगातार पिसाब आफैँ गइराखे वा पिसाबको थैली भरिन नपाए यस्तो संकेतहरू जाँदैनन् र दिमागले त्यो कुरा बुझ्दैन । हामी सबैमा पिसाब भरिएपछि थाहा हुनेसँगै रोक्न सक्ने क्षमता पनि हुन्छ । बालबालिकामा विकास हुनुपर्ने क्षमता पनि यही हो ।

बालबालिकाहरूको विकास आफ्नै गतिमा हुन्छ । बालबालिकाले डायपर प्रयोग गर्न छोड्ने उमेर एकदमै फरक हुनसक्छ । केही अनुसन्धानले बालबालिकाको जीवनमा धेरै चाँडो वा धेरै ढिलो तालिमले रिग्रेसन वा ढिलाइ निम्त्याउन सक्छ भनेर संकेत गर्छ । तर, प्रत्येक बच्चाको लागि समय फरक हुन्छ । अध्ययनहरूले धेरै बालबालिकाहरू १८ र ३० महिनाको बीचमा शौचालय प्रशिक्षण सुरु गर्न शारीरिक र भावनात्मक रूपमा तयार हुन्छन् भनेर देखाएको भएता पनि उमेरको आधारमा मात्र यो निर्णय लिन भने मिल्दैन । साधारणतया अवस्था हेरेर १८ देखि २४ महिनाको बालबालिकालाई विस्तारै डायपरको प्रयोग कम गर्दै लाने र सुरुवातमा दिउँसो एक छिन खोलिदिने तथा पोटी कुर्सीमा बसाउने गर्न सकिन्छ ।

शौचालय प्रशिक्षणमा बालबालिका र आमाबाबुहरूबीच निश्चित संकेतहरू र आवाजहरू समावेश हुनुपर्छ । ताकि, बालबालिकाले शौच र पिसाबको लागि सजिलैसँग शौचालय प्रयोग गर्न सिक्न सक्छन् । आफ्नो बच्चाको पोटी ट्रेनिङ गर्ने निर्णय गर्नुअघि बच्चाको उमेरअनुरूप डायपरका फाइदाहरू र बेफाइदाहरूलाई बुद्धिमानीपूर्वक विचार गर्नुपर्छ । किनकि, सबैका लागि उमेर, परिस्थिति र प्राथमिकता फरक हुनसक्छ ।

बालबालिकासँग मिलेर खेलाउँदै तालिमको काम गर्नुहोस्, बल प्रयोग गरे वा जबरजस्ती गरे उनीहरू झन् मान्दैनन् । आफ्नो सानो बच्चालाई एउटै धैर्य र प्रोत्साहनको साथ सिकाउनुहोस् ।

(लेखक समिद कतिला श्रेष्ठ नियो हेल्थ क्लिनिकका बालविशेषज्ञ फिजियोथेरापिस्ट हुन् ।)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro