site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

न सरकारले प्रभावकारीरूपमा खोप वितरण गर्न सकेको छ न जनताले जनस्वाथ्य्यका तोकिएका मापदण्ड नै पालना गरेका छन् । यस्तो अवस्थामा कोभिड-१९ को सङ्क्रमण फेरि फैलियो भने आश्चर्य हुनेछैन । 

भण्डारमा खोप थन्क्याएर जनतालाई महामारीको जोखिममा पार्ने काम सरकारी अधिकारीहरूले जानजान गरेका होलान् भनेर पत्याउन सकिँदैन । तर, सरकारी संयन्त्र विशेषगरी कर्मचारीहरू काम गराइ भने पटक्कै चित्तबुझ्दो देखिँदैन ।

KFC Island Ad
NIC Asia

यस्तो अवस्थामा राजनीतिक नेतृत्व विशेषगरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले विशेष क्रियाशीलता देखाउनुपर्ने थियो । दुर्भाग्य, महामारी सुरु भए यता स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने मन्त्रीहरू अधिकांश ‘नालायक’ साबित भए ।

सरकारको विशेषगरी स्वास्थ्य मन्त्रालयको अक्षम र अकर्मण्य नेतृत्वको मार भने नेपाली जनता र अन्ततः अर्थतन्त्रले भोग्नु परेको छ । यस्तो बेलामा कोभिड-१९ को नयाँ प्रकार ओमिक्रोनको सङ्क्रमण पनि भयावहरूपमा फैलियो भने अकल्पनीय अवस्था उत्पन्न हुनसक्छ ।

Royal Enfield Island Ad

नेपालमा अहिलेसम्म ओमिक्रोन फैलिइसकेको  देखिएको छैन । तर,  सङ्क्रमित हुने दर बढ्ने प्रवृत्ति देखापरिसकेको छ । हुनत, ओमिक्रोन तीव्ररूपमा फैलिए पनि यसको असर अपेक्षाकृत कम घातक मानिन्छ । तर, ठूलो जनसङ्खाले एक मात्रा पनि खोप नलगाएको नेपालमा यो घातक हुन पनि त सक्छ ।

सरकार जिम्मेवार भएर जनताको जीवन रक्षाका लागि युद्धस्तरमा क्रयाशील हुने अपेक्षा राख्नु नेपालका हकमा ‘मीठो सपना’ मात्रै हो । तैपनि, जनतासँग अरू विकल्प त छैन । यसैले सरकारले सकेसम्म छिटो सकेसम्म नागरिकलाई खोप दिन प्राथमिकता देओस् ।
 
आवश्यक भए सेना र प्रहरी परिचालन गरेर पनि खोप अभियान सफल बनाउनुपर्छ । कम्तीमा सङ्क्रमणविरुद्ध अग्रपङ्क्तिमा खटिने सबैलाई र  ज्येष्ठ नागरिकलगायत जोखिममा रहेको समूहलाई तत्काल अतिरिक्त ९बुस्टर० मात्रा दिइयोस् । पहुँच हुनेहरूलाई चोरेर दिनुको साँटो खोप वितरणमा न्याय पनि होस् । 

परन्तु, सरकारी कर्मचारीको भ्रष्ट एवं गैरजिम्मेवार प्रवृत्ति भोगिसकेका नेपाली जनताले आफूले सक्ने जति सावधानी पनि नअपनाउनु भने मूर्खता हुनेछ । आउने दिनहरूमा सङ्क्रमण तीव्र हुनसक्ने चेतावनी जनस्वास्थ्यविद्हरूले दिइरहेको परिप्रेक्ष्यमा जनता स्वयं सावधान र स्वास्थ्य मापदण्डको पालनामा गम्भीर हुनुको विकल्प छैन ।

फेरि पनि समाजलाई कक्रक्क पार्ने बन्दाबन्दी भोग्ने रहर नभए बेलैमा सावधानी अपनाऊँ । ससाना अप्ठेराहरू सहेर जनजीवन र अर्थतन्त्रलाई सङ्कटबाट जोगाउन नसके कष्टकर भुक्तमान सहन तयार हुनुपर्नेछ ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  ०९:१७
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro