काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी ८औं महाधिवेशनले परिमार्जनसहित विधान अनुमोदन गरेको छ । वर्तमान केन्द्रीय कमिटीको अन्तिम केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको विधान मस्यौदा परिमार्जनसहित जारी महाधिवेशनको बन्दसत्रले पारित गरेको हो ।
अनुमोदित विधानअनुसार माओवादीको केन्द्रीय कमिटी १५ पदाधिकारीसहित २९९ सदस्यीय हुनेछ ।
पदाधिकारीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहने छन् ।
केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी हुने व्यवस्था विधानले अनुमोदन गरेको छ । १५ प्रतिशत सदस्य मनोनीत गरिने छ ।
जारी महाधिवेशन अन्तरर्गत आजै निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ ।