काठमाडौँ । बौद्धस्थित हायत रिजेन्सी होटलमा ‘आइसी डिजाइनर रनवे १०’ फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले २१ सिक्वेन्समा विभिन्न फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गरे ।
‘आइसी डिजाइनर रनवे १०’ मा २८ फिमेल र ८ मेल मोडल गरेर ३६ मोडलले ७३ डिजाइनरका पहिरन र्याम्पमा प्रस्तुत गरे । ७३ जना फेसन डिजाइनर नै आइसी कलेजका १८ औं ब्याजका पास आउट विद्यार्थी हुन् ।
आइसी कलेजको आयोजनामा नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्ट गरेको फेसन शोमा अभिनेत्री स्वस्तिमा खड्का, केकी अधिकारी, सारा सिर्पाली, सुशिल श्रेष्ठ, मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, सुपर मोडल सविता कार्की सो टपरको रुपमा रहेका आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नग्मा श्रेष्ठ, अस्मि श्रेष्ठ, अनुराधा कोइराला, अभिनेत्री निसा अधिकारी, क्रिकेटर शरद भेस्वाकर लगायत थुप्रै सेलिब्रेटीको समेत उपस्थिती रहेको फेसन शोमा प्रशान्त ताम्राकारको कोरियोग्राफी थियो ।
फेसन शो ‘आइसी डिजाइनर रनवे’ को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।