विदेश
ग्वाटेमाला सिटी । ग्वाटेमालामा भएको झडपमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । जग्गासम्वन्धी विवाद चर्किदै गएपछि झडप भएको र उनीहरुको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मृत्यु हुनेमा महिला र बालबालिकासमेत छन् । नाहौला नगरपालिकामा जग्गा र पानी सम्बन्धी विवाद भएको हो ।
“घटनामा परी महिला र बालबालिका सहित कम्तीमा १३ जनाको दुःखद् निधन भएको छ,” स्थानीय एक प्रहरी अधिकारीले भने । उनीहरुका अनुसार घटनामा परेर सुरक्षाकर्मी तर्फका दुई जना घाइते पनि भएका छन । रासस/एएनआई
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८ १०:१४
प्रतिक्रिया दिनुहोस्