विदेश
इस्लामावाद । अफगानिस्तानको गहिरिँदो मानवीय संकट र ध्वस्त हुँदै गएको अर्थतन्त्रको बारेमा छलफल गर्न इस्लामिक मुलुकका विदेशमन्त्रीहरू पाकिस्तानमा भेला भएका छन् ।
आफगानिस्तानको अवस्थाबारे छलफल गर्न अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी)का विदेशमन्त्री परिषद्को असाधारण बैठक इस्लामावादको संसद भवनमा चलिरहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । ५७ इस्लामिक मुलुकका प्रतिनिधिहरू आजको सत्रमा सहभागी हुँदैछन् ।
अफगानिस्तानको तालिबान सरकारका विदेशमन्त्री अमीर खान मुत्तकी पनि सम्मेलनमा भाग लिन पाकिस्तान पुगेका छन् ।
अफगानिस्तानका झण्डै आधा जनसंख्या खाद्य संकटको जोखिममा रहेको बताइएको छ । त्यहाँका लाखौँ बालकालिका कुपोषणको शिकार बनेका छन् ।
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८ १४:३६
प्रतिक्रिया दिनुहोस्