देश
![दाङमा खुकुरीसहित तीनजना पक्राउ](https://12khari.top/uploads/posts/pakrau-hathkadi21630236377.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
तुलसीपुर । दाङको तुलसीपुरबाट खुकुरीसहित तीन जनालाई पक्राउ गरिएको छ । तुलसीपुरको बसपार्कबाट दुई थान खुकुरी र अर्को एकथान धारिलो हतियारसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।
उनकाअनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क निवासी १९ वर्षीय अजय मियाँ, रानीजरुवाका समीर विक र मासु मार्केटका कोरेस विक रहेका छन् ।
तुलसीपुरमा आफूमाथि कुटपिट गरेको बदला लिनका लागि आक्रमण गर्ने तयारी गरिरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । रासस
प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८ १९:३९
प्रतिक्रिया दिनुहोस्