site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

सत्तारूढ गठबन्धनको नेतृत्व गर्ने नेपाली कांग्रेसको चौधौं महाधिवेशन बहालवाला सभापति शेरबहादुर देउवालाई नै पुनः निर्वाचित गरेर समाप्त भएको छ । केन्द्रीय समितिका अरू पदाधिकारी र सदस्यहरूको मतगणना हुनमात्र बाँकी हो । तर, चुनाव प्रचारमा गरिएको फोहोर भने सहरका विभिन्न ठाउँमा छरिएको देखिन्छ । 
 
यसो त काठमाडौं त्यसै सफा सहर होइन । त्यसमाथि नेपाली कांग्रेसको महाधिवेशनका क्रममा प्रयोग गरिएको प्रचार सामग्रीले थप फोहोर भएको छ । र, प्लास्टिक मिसिएको कागज सजिलै नष्ट पनि हुँदैन ।
 
प्राकृतिक न्यायको सिद्धान्तअनुसार पनि फोहोर तह लगाउने मूल जिम्मेवारी फोहोर गर्नेकै हुन्छ । सहर सफा राख्ने जिम्मा लिएको निकायले व्यवस्थापन गरे पनि फोहोर हटाउन लाग्ने खर्च प्रदूषकले नै तिर्नुपर्छ ।
 
नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा धेरै संख्यामा तरुण प्रतिनिधि निर्वाचित भएका छन् भनिएको थियो । प्रचारप्रसारको शैली हेर्दा भने कांग्रेस अझै अगिल्लै शताब्दीमा रहेको देखियो । मतदानको अव्यवस्थाले त झन् पुरानो सिद्ध भयो ।
 
त्यसैले प्रचार प्रसारमा पनि पुरातन शैली र तामझाम अपनाइएको हुनसक्छ । तर, कांग्रेसको यो पुरातन प्रचार शैली अरूको चासोको विषय होइन । पुरातन शैलीको प्रचार सामग्रीले गरेको फोहोर भने जनचासोको विषय  हो । 
 
अहिले काठमाडौंको हावा सास फेर्न योग्य छैन । अर्थात्, प्रदूषित छ । यसैले प्रचार सामग्रीको कागज पोल्नु त हावामा विषै थपेजस्तै हो । प्लास्टिक मिसिएको कागज कुहाएर पनि सजिलै र छिटै नष्ट गर्न सकिँदैन ।
 
यो फोहोर सायद प्रशोधन गरेर पुनः प्रयोग गर्न सकिन्छ । तर, नेपाली कांग्रेसका नेताहरूको सोच र शैली हेर्दा तिनले प्रशोधनको व्यवस्था मिलाउने झन्झट गर्लान् भन्ने  देखिँदैन ।
 
परन्तु, देशको सबैभन्दा पुरानो अनि धेरै समय शासनमा रहेको सत्तारूढ दल नेपाली कांग्रेसले कम्तीमा आफैँले गरेको फोहोर त व्यवस्थापन गर्ला नि भन्ने अपेक्षा गर्नुभने अन्यथा पक्कै हुँदैन । यद्यपि, कांग्रेसले सफा गरेन भने पनि काठमाडौं महानगरपालिकाले त गर्ला नै ।         
 
प्रचारका क्रममा लागि सहरका विभिन्न ठाउँमा झन्डाहरू पनि टाँगिएका छन् । तिनीहरू त राम्ररी थन्क्याएर राखे पुनः प्रयोग पनि गर्न सकिनेछ । यसतर्फ पनि कांग्रेसका नेताहरूले ध्यान दिनु मनासिव हुनेछ ।  
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १२:०८
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro