site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

अचेल नेपाल विद्युत् प्राधिकरणका हाकिमहरू नेपालमा उत्पादित विद्युत् खेर जाने भएकाले उपयोग बढाउन पर्ने भाषण गर्न थालेका छन् । धेरै वर्ष विद्युत् कटौती भोगेका उपभोक्ताका लागि यो खुसीको समाचार हो ।
 
बिजुलीको खपत भने भाषणबाट मात्र बढाउन सकिँदो रहेनछ । नेपालमा व्यापक औद्योगीकरण भएको छैन । कृषिमा पनि बिजुलीको प्रयोग बिरलै हुनेगरेको छ । यसैले घरेलु उपभोग बढाउन सकेमात्र बिजुलीको खपत बढ्ने हो ।
 
एकातिर उत्पादित विद्युत् उपभोग नभएर खेर गयो भन्ने र अर्कातिर घरायसी प्रयोगमा विद्युत् उपयोग सस्तो नबनाउने १ साँच्चै नै उत्पादित बिजुली खेरै गएको हो भने त उपभोक्तालाई सस्तोमा दिए हुँदैन रु
 
बजारको सामान्य सिद्धान्तअनुसार पनि उत्पादन धेरै भए माग बढाउनुपर्छ । माग बढाउन अरू प्रकारका प्रोत्साहनका साथै भाउ सस्तो हुनुपर्छ । बिजुलीको उपभोगमात्रै अपवाद त होइन ।
 
नेपालमा विद्युत् प्रसारण र वितरणमा अझै सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको एकाधिकार छ । प्रतिस्पर्धा नहुँदा विद्युत् उपभोक्ताले राज्यले तोकेअनुसार महसुल बुझाउनुपर्छ । अहिले प्रतियुनिट बिजुलीको महसुल घरेलु प्रयोजनका लागि महँगै छ ।
 
आयात गरिएका पेट्रोलियम पदार्थमा राज्यले अनुदान दिने तर देशमा उत्पादित विद्युत् भने महँगो महसुल तोक्ने मूर्खतापूर्ण अभ्यास सरकारले गरिरहेको छ । अझ गत आर्थिक वर्षमा त विद्युतीय सवारी साधनमा कर र भन्सार पनि निकै बढाइएको थियो । 
 
सबै उपभोक्ताका लागि विद्युत् प्रयोग गर्न सस्तो र भरपर्दो बनाउन सके कम्तीमा खाना पकाउने ग्यासको प्रतिस्थापन बिजुलीबाट सजिलै गर्न सकिन्थ्यो । यतिले मात्र पनि वातावरणका साथै अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ ।
 
दाउराबाट खाना पकाउनेहरूलाई बिजुली दिन सके र दाउराभन्दा सस्तो बनाउन सके जनस्वास्थ्यदेखि महिलाको जीवनस्तर र ग्रामीण अर्थतन्त्रसम्म निकै सकारात्मक प्रभाव देखिनेछ । यसैले बिजुली बिकेन भनेर भाषण गर्नुको साटो विद्युत् प्राधिकरणका हाकिमहरूले बजार अर्थशास्त्र अनुसरण गरेर खपत बढाउने उपाय खोज्नुपर्छ ।
 
उद्योग र सवारी साधनलाई बिजुली बेच्न पूर्वाधारसमेत तयार गर्न केही समय लाग्छ । घरेलु उपभोगमा भने सस्तोमात्र भए पनि खपत बढ्छ । यसैलै विद्युतीय उपकरणको भन्सार घटाउनेदेखि महसुल घटाउनेसम्मका उपाय तत्काल अपनाउनु जरुरी देखिन्छ ।
 
सस्तो प्रचारमा लागि सित्तैमा बिजुली दिनुको साटो गरिब परिवारलाई धेरै बिजुली खपत गरे थप सहुलियत दिए हुन्छ । अरू उपभोक्ताको पनि बाध्यताको दोहन गर्नुको साटो बढी उपभोग गरे महसुल थप छुट दिने बजारको सिद्धान्त अपनाए बिजुली खेर जानेछैन । 
 
अहिलेजस्तो धेरै खपत गर्दा झन् बढी प्रतियुनिट महसुल लिने नीति बदल्नुपर्छ । गत महिनादेखि घटाएको भनिएको विद्युत् महसुल नगन्य छ । यसैले बिजुली खेरै जाने हो भने त जनतालाई सस्तोमा दिएर पनि खपत बढाउनु बुद्धिमत्ता हुनेछ ।   
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १५:००
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro