site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहका सबैजसो वक्ताले कांग्रेसप्रति अपेक्षा राखेको देखियो । सत्ता साझेदारहरूले त राख्ने नै भए प्रमुख विपक्षी नेताले समेत देश बनाउन कांग्रेससँग सहकार्यको प्रस्ताव गरे । 

नेपाली कांग्रेसप्रति सबैको अपेक्षा हुनु कांग्रेसजनका लागि गर्वको विषय पनि हो । परन्तु, त्यस्तो अपेक्षा पूरा गर्ने नेतृत्व चयन गर्नसक्नु कांग्रेसका लागि चुनौती पनि हो । 

महाधिवेशन प्रतिनिधिमा थोरै जनामात्र निर्विरोध निर्वाचित भएका होलान् । अधिकांशले त ६(७ वटा निर्वाचनको सामना गर्नुपरेको छ । त्यसक्रममा तल्ला तहदेखि नै समूहगत विभाजन भएको थियो ।

KFC Island Ad
NIC Asia

उमेदवारी समूहगत भए पनि परिणाम भने मिश्रित देखिएको छ । अधिकांश शिक्षित तरुण उमेदवार बढी मतसहित विजयी भएका छन् । यसले नेपाली कांग्रेसका तल्ला तहका कार्यकर्ताको सुझबुझ प्रकट गरेको छ ।

केन्द्रमा पनि उमेदवारी समूहगतरूपमै पर्न सक्छ । चर्को गुटबन्दी त केन्द्रमै छ । सात तहको प्रतिस्पर्धाको अनुभवपछि पनि महाधिवेशन प्रतिनिधिहरूले यही गुटबन्दीलाई नै स्वीकृति दिए भने त्यो कांग्रेस र देशका लागि दुर्भाग्य हुनेछ । 

Royal Enfield Island Ad

महाधिवेशन प्रतिनिधिहरूले गुटबन्दीको बेफाइदा पक्कै थाहा पाइसके होलान् । नेपाली कांग्रेसको सर्वोच्च निकाय महाधिवेशनका प्रतिनिधिले २०७४ को कटु यथार्थ अहिल्यै त पक्कै बिर्सेका छैनन् होला ।

महाधिवेशनले गुट भत्काउने अवसर दिएको छ । विवेक प्रयोग गरेर योग्य, इमानदार र असल उमेदवार छान्न सके सम्भवतः गुटबन्दी सधैँका लागि समाप्त हुनेछ । वैयक्तिक लाभ र प्रभावकै लागि मोलतोल गर्नेहरू परास्त हुनेछन् । 

कांग्रेसको चौधौं महाधिवेशनका प्रतिनिधिहरूले विवेक प्रयोग गरेर गुटबन्दी समाप्त गरे भने इतिहासमा उनीहरूको उच्च मूल्याङ्कन हुनेछ । यसैगरी, गुट बलियो बनाए भने पार्टीको अवश्यंभावी अधोगतिको दोषभागी हुनुपर्नेछ ।  

नेपाली कांग्रेसलाई राष्ट्रको अपेक्षा पूरा गर्ने पार्टी बनाउने हो भने महाधिवेशन प्रतिनिधिहरूले विवेक प्रयोग गरेर निर्णय गरुन् । निर्णय गर्न कठिन भए अन्तरात्माको आवाज सुन्ने बीपीको सल्लाह पालन गरेहुन्छ । तर, विवेकहीन निर्णय नगर ! 

यसपटक नेतृत्व चयनमा महाधिवेशन प्रतिनिधिले देखाउने विवेक र सुझबुझले पार्टीको मात्र होइन देशकै भविष्य प्रभावित हुन्छ । महाधिवेशन मूलतः नेतृत्व चयनमा सीमित तथा केन्द्रित भएकाले निर्वाचन परिणाममा देखिने विवेक नै यसको सफलताको कसी हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  ११:५६
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro