site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

नेपालको लोकतान्त्रिक आन्दोलनका सबै महत्त्वपूर्ण उपलब्धि नेपाली कांग्रेसकै नेतृत्वमा हासिल भएका हुन् । यसैले अझै पनि कांग्रेस नेपाली समाजमा प्रगति र आधुनिकताको पर्यायका रूपमा रहेको छ । यद्यपि, अहिलेको कांग्रेसलाई इतिहासको गरिमा धान्न निकै कठिन भएको देखिन्छ । 

संस्थापक पुस्ताको नेतृत्व छँदासम्म नेपाली कांग्रेसमात्र होइन नेपालकै राजनीतिले अभिभावक पाएको थियो । कांग्रेसका संस्थापक नेता बीपी कोइराला बाँचुन्जेल नेपालको राजनीतिका मियोका रूपमा रहे । उनको अवसानपछि गणेहमान सिंह नेपाली राजनीतिका ‘सर्वमान्य नेता’ मानिए । 

कृष्णप्रसाद भट्टराईले राजा र कम्युनिस्टहरू लगायतलाई लोकतन्त्रको सेरोफेरोमा हिँडाए । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा दशक लामो सशस्त्र हिंसा र राजाको शासन सधैँका लागि अन्त्य भयो । उनीहरूलाई नेपाली समाजले लोकतन्त्र र राष्ट्रियताका संरक्षकका रूपमा स्वीकार गरेको थियो । 

KFC Island Ad
NIC Asia

संस्थापक नेताहरूको देहावसानपछि कांग्रेसका अरू नेताले उनीहरूको रिक्त स्थान पूरा गर्न सकेनन् । यसो हुनु अस्वाभाविक पनि थिएन । उनीहरू अर्कै समय, संस्कार र परिवेशका उपज थिए । एक्काइसौं शताब्दीमा मूल्य, मान्यता र निष्ठाको राजनीति ओझेलमा पर्दै जो गएको छ ।

पार्टीको महाधिवेशनसमेत पनि बाध्यताका कारणमात्र गर्ने नेतृत्वबाट लोकतान्त्रिक मूल्य र निष्ठाको अपेक्षा गर्नु सायद अस्वाभाविक होला । तर, लोकतान्त्रिक मूल्य र निष्ठाको महत्त्व नरहने हो भने नेपाली कांग्रेसको औचित्य पनि समाप्त हुन्छ । 

Royal Enfield Island Ad

नेपाली कांग्रेसले अहिले सत्तारुढ गठबन्धनको नेतृत्व गरेको छ । तर, बितेका निर्वाचनहरूमा सबै तहको निर्वाचनमा परास्त भएको थियो । संसदीय निर्वाचनमा कम्युनिस्ट एकताका कारण हारेको भन्ने माने पनि स्थानीय तहको चुनावमा भएको हारले कांग्रेस ओरालो लागेको देखिएको छ ।

चौधौं महाधिवेशनको तयारीका क्रममा भने पक्कै पनि नेपाली कांग्रेसप्रति आकर्षण बढेको देखिएको छ । विशेषगरी शिक्षित तरुणहरू पार्टीका विभिन्न पदमा निर्वाचित भएका छन् । तर, यीमध्ये अधिकांश कांग्रेस परिवारका सदस्य हुन् । कांग्रेसको मताधारमा यसले खासै फरक पार्ने देखिँदैन । 

यस परिस्थितिमा भोलि शुक्रवारदेखि काठमाडौंमा चौधौं महाधिवेशन सुरु हुँदैछ । नेपाली कांग्रेसको सभापतिलगायत केन्द्रीय समितिको निर्वाचन महाधिवेशनमा हुनेछ । तल्लोतहका निर्वाचनमा देखिएजस्तै उत्साह र लोकतान्त्रिक अभ्यास केन्द्रमा पनि हुने सहज अनुमान गर्न सकिन्छ ।

महाधिवेशनको वास्तविक सफलता भने जनतामा त्यसले दिने सन्देशमा निर्भर हुनेछ । महाधिवेशनले नेपालको समसामयिक अवस्था र विशेषगरी राजनीतिप्रति निराश जनतामा आशा जगाउन सक्ने नेतृत्व चयन गर्न सक्यो भने नेपाली कांग्रेस फेरि नेपाली राजनीतिको मियो बन्न सक्छ । 

नेपाली कांग्रेसको चौधौं महाधिवेशन नेपाली कांग्रेसका साथै नेपालको राजनीतिलाई पनि सही बाटामा अगाडि बढाउने नेतृत्व चयन गर्न सफल होस् । शुभकामना ! 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १२:४२
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro