देश
![थपिए २८० कोभिड संक्रमित, दुई जनाको मृत्यु](https://12khari.top/uploads/posts/coronavirus-4914028_12801627578575.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८० जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार १७४ वटा नमुनाको परीक्षण गर्दा २८० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५४७ पुगेको छ ।
त्यस्तै आज ३६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार २३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८ १६:५९
प्रतिक्रिया दिनुहोस्