site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यू-१९ क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वसन्त शाही नियुक्त

काठमाडौं । वसन्त शाही ठकुरी यू–१९ क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले वसन्तलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

उनले लुम्बिनी प्रदेशलाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि दिलाएका थिए । उनकै प्रशिक्षणमा नेपाली यू–१९ टोलीले बुधबारदेखि एसिया कपको बन्द प्रशिक्षण थाल्नेछ ।

वसन्तसँग सिनियर क्रिकेट टोली र यू–१६ राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेको अनुभव छ । नेपालले ओमान र अमेरिकासँग घरेलु मैदानमा क्रिकोणान्तम शृखंला खेल्दा उनी सहायक प्रशिक्षकको जिम्मेवारीमा थिए ।

यसअघि नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारीमा पूर्व कप्तान विदोद दास रेका थिए । यू–१९ एसिया कपको मिति भने हालसम्म टुङ्गो लागेको छैन । 

नेपालको प्रराम्भिक यू–१९ टोली :
देव खनाल, मोहम्मद हसन, बहिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक रानामगर, तिलकराज भण्डारी, सोनु अन्सारी, दीपक कंडेल, अर्जुन कुमाल, कमल परियार, अनुज चनारा, प्रकाश जैशी, वसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुलशन झा, विपिन शाही र आदिल अन्सारी ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro