site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिला भलिबल टोलीको फेरिएको लक्ष्य– उपाधि रक्षा
तस्बिरहरू : सुनील प्रधान/बाह्रखरी ।
SkywellSkywell

काठमाडौं । नेपाली महिला भलिबल टोली अहिले दुई वर्षअघि बंगलादेशको ढाकामा जितेको ऐतिहासिक उपाधि रक्षा गर्ने अभियानमा जुटेको छ ।

नेपाली महिला भलिबल टोलीले ०७६ कात्तिकमा सम्पन्न एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यो नेपाली महिला भलिबल टोलीले जितेको पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो । अहिले त्यही प्रतियोगिताका लागि तयारी भइरहेको छ ।

KFC Island Ad
NIC Asia

खेलाडीको अनुहार हेर्ने हो भने त्यति बेला र अहिलेको टोलीमा खास भिन्नता छैन । खेलाडी उही छन् । प्रशिक्षक उही छन् ।

त्यसबाहेक अर्को एउटा महत्त्वपूर्ण भिन्नता छ । त्यो हो, टिमको लक्ष्य । दुई वर्षअघि टोलीमा अन्तर्राष्ट्रिय अनुभव बटुल्ले र सकेसम्म जित्ने लक्ष्य थियो । तर, अहिले नेपाली महिला टोलीको लक्ष्य जसरी हुन्छ उपाधि रक्षा गर्ने भन्ने हो ।

Royal Enfield Island Ad

“त्यति बेला १३औँ सागको तयारी गरिरहेका थियौँ । त्यसकारण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने, हामीले तेस्रो पदकसम्म जितिसकेका थियौँ । त्यसैले त्योभन्दा माथिको जित्नुपर्छ भन्ने थियो । उपाधि जित्यौंँ । अहिले जाँदा हाम्रो लक्ष्य उपाधि रक्षा गर्ने हुनेछ,” नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले भने ।

टोलीले अहिले आउँदो पुस ६ देखि १४ गतेसम्म बंगलादेशको ढाकामा हुने प्रतियोगिताको तयारी गरिरहेको छ ।

दुई वर्षअघि बंगलादेश प्रस्थान गर्नुअघि नेपाली महिला टोलीले थाइल्यान्डमा स्थानीय क्बलहरूसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यहाँ विशेष प्रशिक्षण पनि गरेको थियो । थाइल्यान्ड जानुअघि पनि टोलीले नेपालमै प्रशिक्षण गरेको थियो । काठमाडौंमा हुने १३औँ सागको तयारी गरिरहेको थियो ।

१३औँ सागका लागि टोलीको छनोट गर्दा मुख्य प्रशिक्षक भट्टको चर्को आलोचित पनि भएको थियो । उनले अनुभवी कप्तान विनिता बुढाथोकी, उपकप्तान मञ्जु गुरुङलगायत केही सिनियर खेलाडीलाई टोलीबाट हटाइदिएका थिए । र, नयाँ अनुहारलाई मौका दिएका थिए । टोलीमा आधाभन्दा धेरै नयाँ अनुहार थिए । जोसँग अन्तर्राष्ट्रिय खेलको अनुभव थिएन । त्यति बेला प्रशिक्षक भट्टले भनेका थिए, “भविष्यका लागि टिम बनाएको हो ।”

उनको त्यही टोलीले बंगलादेशमा ऐतिहासिक स्वर्णपदक जित्न सफल भयो । लगत्तै नेपालमै सम्पन्न १३औँ सागमा नेपालले रजतपदक जित्यो । फाइनलमा नेपालले भारतलाई पहिलो दुई सेटमा हराएको थियो । तर, भारतले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्दै स्वर्ण जित्यो । नेपाली टोलीले रजतमा चित्त बुझाउन बाध्य भयो । तर, त्यही रजतपदक पनि नेपाली महिला भलिबल टोलीले सागमा पहिलोपटक जितेको थियो ।

त्यो टोली अहिले विस्तारै परिपक्व हुँदै छ । कप्तान अरुणा शाही त्यही भन्छिन्, “त्यति बेला र अहिलेको टोलीमा धेरै फरक छ । त्यति बेला टोलीमा धेरै नयाँ अनुहार थिए । अनुभवको कमी थियो । त्यसपछि हामीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छौँ । खेलाडीको मनोबल बढेको छ । अनुभव बढेको छ ।”

बंगलादेशमा ०७६ कात्तिकमा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो । पहिलो सेटमा २५–१३ को जित निकालेको नेपालले दोस्रो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २५–८ ले जित्दै नेपालले उपाधि पक्का गरेको थियो । नेपालकै प्रतिभा माली प्रतियोगिताको ‘बेस्ट स्पाइक’ घोषित भइन् भने कप्तान अरुणा शाही ‘बेस्ट सेटर’ बनेकी थिइन् ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, कीर्गिस्तान र अफगानिस्तानको सहभागिता थियो । पाँच राष्ट्र सम्मिलित प्रतियोगिताभर नेपालले कुनै पनि सेट गुमाएन ।

नेपाली महिला भलिबल टोलीले विभिन्न समयमा मैत्रीपूर्ण खेल खेले पनि सन् १९९९ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थालेको हो । त्यो भनेको नेपालमै सम्पन्न आठौँ साग प्रतियोगिता थियो । सागमा नेपालले कास्यपदकभन्दा माथिको सफलता हासिल गर्न सकेको थिएन ।

२०१४ मा काठमाडौं सम्पन्न दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको थियो । त्यो नै महिला भलिबलको सबैभन्दा ठूलो सफलता थियो । तर, दुई वर्षअघि महिला भलिबल टोलीले लगातार दुई महत्त्वपूर्ण सफलता हासिल गरेको थियो । अहिले त्यही साख जोगाउने अभियानमा छ ।

महिला टोलीले गएको असारमा फिलिपिन्समा हुने एसियन च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण गरेको थियो । तर, कोभिड–१९ महामारीका कारण नेपाली टोलीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाएन । त्यही प्रतियोगिताका लागि छनोट गरिएका खेलाडी अहिले बन्द प्रशिक्षणमा छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा २० खेलाडी बिहान र बेलुका प्रशिक्षण गरिरहेका छन् । कात्तिक २८ गतेदेखि सुरु भएको प्रशिक्षणमा सहभागी २० खेलाडीलाई भोलि (शुक्रबार) १६ मा झारिनेछ । त्यसको दुई सातापछि १२ खेलाडीको छनोट गरिने मुख्य प्रशिक्षक भट्टले बताए ।

“एसियन च्याम्पियनसिपका लागि टिम तयार गरेका थियौँ । ढेड महिनाजति प्रशिक्षण गरेपछि कोभिड–१९ महामारीका कारण हाम्रो प्रशिक्षण रोकिएको थियो । प्रतियोगिताकै पनि मिति सर्‍यो । त्यसपछि हाम्रो सहभागिता पनि भएन । त्यसलाई निरन्तरता दिएको भए अहिले टिम धेरै राम्रो हुन्थ्यो । तर, सुरु गर्न सकेनौँ,” प्रशिक्षक भट्टले टोलीको तयारीबारे भने, “तथापि, अहिले पनि टिम राम्रो छ । एक–दुई नयाँ खेलाडीहरू छन् । त्यो बेला खेल्न र जित्नका लागि गएका थियौँ । अहिले उपाधि रक्षा गर्न जाने हो । त्यहीअनुसार तयारी गरेका छौँ । खेलाडीको मनोबल पनि उच्च छ । मानसिक रूपमा खेलाडी त्यसका लागि तयार छन् ।”

एसियन च्याम्पियनसिपका लागि भएको बन्द प्रशिक्षणमा १७ खेलाडी थिए । अहिले नेपाल पुलिस क्लबका कामना विष्ट, पुनम चन्द र शान्तिकला तामाङ थपिएका छन् । त्यति बेला उनीहरू पुलिसको अन्तरिक ट्रेनिङका कारण प्रशिक्षणमा सहभागी हुन पाएका थिएनन् । त्यस्तै, बन्द प्रशिक्षणका लागि छनोट भएकी रिया कुँवर एसियल लिगामेन्टमा चोट लागेका कारण अहिले ‘रिह्याब’मा छिन् ।

“एसियन च्याम्पियनसिपका लागि तयारी गर्दा एकदम राम्रो गरेका केही खेलाडीको प्रदर्शन अहिले अलि खस्किएको छ । त्यति बेला केही कमजोर देखिएकाहरूले अहिले एकदम राम्रो गरिरहेका छन् । हामीसँग अझै दुई/तीन साता बाँकी छ । त्यति बेलासम्म सबैले आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछन् भन्नेमा म विश्वस्त छु,” कप्तान अरुणाले भनिन्, “हामी उपाधि रक्षा अभियानमा छौँ । त्यसमा सफल हुन्छौँ भन्नेमा म विश्वस्त छु ।”

प्रतियोगितामा यसपटक केही नयाँ टोली हुने अनुमान गरिएको छ । कुन–कुन टोली हुने भन्ने अझै टुंगो लागेको छैन । श्रीलंका, उज्वेकिस्तान, माल्दिभ्स, नेपाल र बंगलादेश लगभग पक्काजस्तै भएको छ । अरू टोलीबारे केही दिनपछि मात्र थाहा हुने मुख्य प्रशिक्षक भट्टले बताए ।

“विगतमा भन्दा चुनौतीपूर्ण हुनेछ । तथापि, हामीभन्दा धेरै माथिल्लोस्तरका टिम हुने छैनन् । श्रीलंकालाई हामीले सागमा सिधा तीन सेटमा हराएका थियौँ । योबीचको दुई वर्षमा उनीहरूले पनि खासै राम्रो प्रशिक्षण गर्न पाएको जस्तो लाग्दैन,” मुख्य प्रशिक्षक भट्टले सम्भावित प्रतिद्वन्द्वीबारे भने, “सबै टिम बलियो नै छन् । हामीले कुनै पनि टोलीलाई कमजोर आँकेका छैनौँ । र, बलियो छ भनेर डराएका पनि छैनौँ । त्यहीअनुसार प्रशिक्षण गरेका छौँ । नतिजा पनि राम्रो नै आउने विश्वास छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro