site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

कम्तीमा दुई साता जति एक्लै बसेर उपचार गराउनुपर्ने सङ्क्रामक रोग लाग्दा पनि बिदा नलिएर प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले राज्य र सहकर्मीसँग अत्तो थापेका हुन् भने त्यो गरिमामय पदका लागि सुहाउँदो भएन । सर्वोच्च अदालतको यसभन्दा ठूलो दुर्दशा के हुन्छ ?

प्रधान न्यायाधीश राणा कोभिड-१९ बाट सङ्क्रमित भएर अस्पतालमा भर्ना भएका छन् । कसैसँग सम्पर्क गर्न नहुने रोग लाग्दा पनि उनले बिदा भने लिएका छैनन् । यसले विधि र प्रक्रियामा चल्ने न्याय प्रशासनको लय भङ्ग भएको छ ।

राजनीतिक नेतृत्व गैरजिम्मेवार छ भन्नेमा सन्देह रहेन । त्यसमाथि पार्टीको महाधिवेशन गैरजिम्मेवार प्रवृत्ति ढाकछोप गर्ने निहुँ भएको छ । सायद, यसैले प्रधान न्यायाधीश राणालाई पनि यसरी न्यायालय नै ‘बन्धक’ बनाउने आँट आएको हुनुपर्छ । 

KFC Island Ad
NIC Asia

नेपाली जनताको आस्थाको केन्द्र र न्यायका लागि अन्तिम आश्रय रहिआएको सर्वोच्च अदालतलाई यस्तो अवस्थामा पुर्‍याउनेमा भने राजनीतिक दलका नेताहरू नै बढी दोषी छन् । परन्तु, राणाको नेतृत्वमा नेपालको न्यायपालिकाको साख ध्वस्त भयो ।   

प्रधान न्यायाधीश राणासँग सत्तारूढ गठबन्धन र प्रधानमन्त्री शेरबहादुर देउवा बढी नै अनुगृहित भएका हुन् कि डराएका हुन् ? उनले मन्त्रिपरिषद्मा भाग खोज्दासमेत प्रतिवाद नगरी तुष्टीकरणको रणनीति अपनाउनु देश र शासन पद्धतिप्रति गरिएको बेइमानी हो ।

Royal Enfield Island Ad

देशलाई यस्तो सङ्कटबाट मुक्त गर्ने मूल दायित्व प्रधान न्यायाधीश राणाकै हो । तर, अहिलेसम्मका क्रियाकलाप हेर्दा राणाबाट त्यस्तो अपेक्षा गर्न सकिने देखिँदैन । त्यस अवस्थामा सत्तारूढ गठबन्धन सर्वोच्च अदालतको गाँठो फुकाउन अगाडि सर्नुपर्छ ।* यसैबीच सत्तारुढ गठबन्धनले राणालाई बिदामा बस्न सुझाव दिएको सार्वजनिक भएको छ ।

प्रधान न्यायाधीश राणाले कानुनका छिद्रहरू र राजनीतिक नेतृत्वको नालायकीमा खेल्न खोजे । न्यायालयलाई सङ्कटमा पारेर पनि आफ्नो पद जोगाउन खोज्ने उनको जिद्दी अरू कुनै अभीष्ट प्रेरित नहोस् भन्ने कामना गरे पनि सन्देह भने उत्पन्न हुन्छ ।

यस्तो अवस्था लम्मिदा लाभ कसैलाई हुँदैन भने देशले ठूलो क्षति बेहोर्नुपर्ने हुनसक्छ । राणा स्वयंलाई बिरामीले पनि सहज बहिर्गमनको अवसर दिएको छ । कम्तीमा अहिले बिदामा बसे तत्कालको स‌ङ्कट टर्नेछ । भर्खर सुरु गरिएको गोला प्रथाको अभ्यास पनि सहज हुनेछ ।

राणा बिदामा बस्न पनि नमान्ने हो भने उनीविरुद्ध महाभियोग दर्ता गरेर पनि सर्वोच्च अदालतमा कायममुकायम प्रधान न्यायाधीश तोकिने र सुचारूरूपमा सञ्चालन हुने उपाय अपनाउनुपर्छ । सत्तारूढ गठबन्धनले आँट नगरे विपक्षी नेकपा (एमाले) अगाडि परे पनि हुन्छ । 

सत्तारूढ गठबन्धनका नेताहरूको मनसुवा पनि न्यायपालिकाको साख सिध्याउने षड्यन्त्रमा सामेल हुने त होइन होला नि !  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १२:५७
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro