site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

सरकार जनताप्रति जिम्मेवार हुन्थ्यो भने बर्खाको बाढीले भत्काएका मेलम्ची खानेपानी आयोजनाका संरचनाको मर्मतसम्भार तीव्र गतिमा भइरहेको हुन्थ्यो । नागरिक जागरूक भएका भए सरकारको यस चरम हेफचेक्य्राइँका विरोधमा सडकमा उत्रिसक्थे ।  

मेलम्ची आयोजनाको काम सम्पन्नै नभई हतारमा उद्घाटन र काठमाडौंमा पानी वितरण गरियो ।  धेरै घरका धारामा वर्षौंपछि पानी आयो । वर्षौं मेलम्चीको पानी पर्खेर बसेका काठमाडौंवासी खुसी भए ।

काठमाडौंमा भने पानी नआउने धाराको महसुल तिर्न लाम बस्ने बानी परेका उपभोक्ताहरूले मेलम्ची आयोजनाको नामै बिर्सेजस्तो देखिएको छ । खानेपानीजस्तो जनताको प्रत्यक्ष चासो रहेको विषय सरकारका लागि भने सधैँ कमिसनको चक्करबाहेक अरू बन्न सकेको छैन ।

KFC Island Ad
NIC Asia

बाढी सरकारले रोकिहाल्न सक्ने थिएन । त्यसैले बाढीका लागि सरकारलाई दोष दिनु अन्याय होला । तर, बाढी आउन छाडेको डेढ महिना हुँदा पनि आयोजनाको मर्मतको कामै नथाल्नु भने चरम अकर्मण्यता र हेलच्क्य्राइँ नै हो ।

बाढीले बिगारेका संरचना अस्थायीरूपमा मर्मत गरेर चैतसम्ममा पानी वितरण गर्न सकिने जानकारी आयोजनाका अधिकारीले भदौमै दिएका थिए । तर, मर्मत सम्भारको कुनै पनि काम अहिलेसम्म थालिएकै छैन । यसैले चैतसम्म मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण हुनसक्ने सम्भावना देखिँदैन । 

Royal Enfield Island Ad

मेलम्ची आयोजनाको यथाशीघ्र मर्मतसम्भार राज्यको प्राथमिकतामा पर्नुपर्ने हो । प्रक्रियामै गरिएको ढिलासुस्ती हेर्दा मेलम्ची आयोजनाका लागि जिम्मेवार सरकारी कर्मचारी ‘लड्डु लडाएर झिल्ली झार्ने’ दाउमा रहेको अनुमान हुन्छ । 

काठमाडौं उपत्यकामा खानेपानीको अभावलाई पानी बेच्ने समूहले दोहन गर्दै आएको छ । विशेषगरी, ‘ट्यांकर लबी’ले पहिलेजस्तै राजनीतिक र प्रशासनिक नेतृत्वका साथै प्राविधिकहरूलाई पनि प्रभावमा पार्दा मेलम्चीको मर्मतमा ढिलाइ भएको सन्देह जनस्तरमा छ ।

यसैगरी निर्माण व्यवसायीको गिरोहको त झन् राज्य सञ्चालनमा प्रभाव र पहुँच निकै गहिरो, फराकिलो र बलियो छ । संसद्मा पुगेका ‘ठेकेदार’हरूको कुनै स्वार्थले मेलम्चीको मर्मतसम्भार ढिलो गराएको पनि हुनसक्छ ।

संयुक्त सरकारका नेताहरूले सरकारको यस्तो गैरजिम्मेवार प्रवृत्ति बेलैमा औँल्याएर सुधार गर्न सकेनन् भने आगामी निर्वाचनमा जनताले त्यसको हिसाब पक्कै खोज्नेछन् । यस्तै स्थानीय तहका जनप्रतिनिधिलाई पनि यसरी निस्पृह बस्नु निकै महँगो पर्नसक्छ ।

प्रक्रिया बाधक भए फुकाएर र प्रविधि र जनशक्ति अभाव भए विदेशबाट लिएर पनि मेलम्ची आयोजनाको मर्मतसम्भार सुरु गरिहाल्नु सरकारका लागि बुद्धिमानी हुनेछ । सरकारी पदाधिकारीले कमिसनको लोभमा अलमल गरिरहेका त हैनन् होला नि ?

 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १५:११
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro