site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
यात्रा प्रतिबन्ध तत्काल हटाउन दक्षिण अफ्रिकाको माग
SkywellSkywell
Dabur Nepal
NIC Asia

बीबीसी । दक्षिण अफ्रिकाका राष्ट्रपतिले आफ्नो देश र छिमेकीविरुद्ध लागु गरिएको यात्रा प्रतिबन्धको निन्दा गरेका छन् । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेपछि यूके, यूरोपेली मुलुक, अमेरिका, अष्ट्रेलिया र इजरायललगायत देशले यात्रा प्रतिबन्ध लागु गरेका छन् ।
 
राष्ट्रपति सिरिल रामाफोसाले सो कदमलाई अनुचितभन्दै यस कार्यबाट आफू ‘गहिरो गरी निराश’ भएको बताए । उनले यात्रा प्रतिबन्ध तत्काल हटाउन पनि आग्रह गरेका छन् । ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’मा राखिएको छ । प्रारम्भिक प्रमाणले यो पुनः संक्रमण हुने जोखिम उच्च रहेको देखाएको छ ।
 
दक्षिण अफ्रिकाले नोभेम्बरको सुरुतिरै व्यापक रूपमा उत्परिवर्तन हुने भेरियन्टको पत्ता लगाएको थियो र त्यसपछि गत बुधबार विश्व स्वास्थ्य संगठनलाई जानकारी दिएको थियो ।
 
विश्व स्वास्थ्य संगठनले जोखिम आधारित र वैज्ञानिक तरिका खोज्नुपर्ने बताउँदै देशहरूले हतार हतार लागु गरेको यात्रा प्रतिबन्धविरुद्ध चेतावनी दिएको छ ।
 
राष्ट्रपति रामाफोसाले यात्रा प्रतिबन्धको कुनै वैज्ञानिक आधार नभएको बताए । दक्षिण अफ्रिकी देशहरू अस्वच्छ विभेदबाट पीडित भएको उनको भनाइ छ । यात्रा प्रतिबन्ध भाइरस फैलनबाट जोगाउन प्रभावकारी नहुने पनि उनको तर्क गरे । “यात्रा प्रतिबन्धले केवल प्रभावित देशहरूको अर्थतन्त्रलाई थप क्षति पुर्याउने र महामारीको सामना गर्ने र त्यसबाट तंग्रिने क्षमतालाई कमजोर तुल्याउनेछ”, उनले भने । 

उनले अर्थतन्त्रमा थप क्षति हुनुपूर्व नै आफ्नो निर्णय तत्काल उल्ट्यान आग्रह गरे । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  ०७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro